Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

खेलकुद
  • यसरी जुधाईदै छ आज नुवाकोटक… Jan 15, 2018 Arthatantra
    नुवाकोट । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तीन स्थानमा ४० हल गोरु जुधाउन लागिएको छ । ऐतिहासिक, धार्मिक र सामरिक महत्व बोकेका स्थान तारुका, बेत्रावती र पञ्चकन्यामा आयोजना गरिएको गोरु जुधाई मेलामा किसानले पालेका ४० हल गोरु प्रतिस्पर्धा गराउन लागिएको हो । ‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तार्केश्वर गाउँपालिका–३ तारुकाको चन्दनीबारीमा २० हल गोरु जुधाउन लागिएको माघे सङ्क्रान्ति गोरु जुधाई ...
  • चार नेपाली धावकले दिलाए ने… Nov 18, 2017 Arthatantra
    काठमाडौँ । अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा शुक्रबार सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्दै सेनाका चारजना धावक पूर्णकुमार तामाङ, समिर तामाङ, तीर्थ तामाङ र वेद सुनुवारले १०० किलोमिटर दूरीलाई १२ घण्टा एक मिनेटको समयमा पूरा गरी नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएको नेपाली सेनाले जनाएको छ ...
  • एसीसी यू–१९ एशिया कप क्रिक… Nov 14, 2017 Arthatantra
    काठमाडौं । एसीसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणमा नेपालले घरेलु टोली मलेसियामाथि ८ विकेटको शानदार जित हासिल गरेको छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर ५.३ ओभरमा पूर गर्‍यो । ओपनर आशिफ शेख ४ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका कप्तान दिपेन्द्र सिंह ऐरीले लगातार २ छक्का प्रहार गरी आउट भए । अर्का ओपनर अनिल साहले ...
  • फिलिपिन्सबिरुद्ध खेल्ने … Nov 13, 2017 Arthatantra
    काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एशियन कप छनोट अन्तर्गत फिलिपिन्सबिरुद्ध भोलि हुने खेलका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । मूख्य प्रशिक्षक ग्योतोकु कोजी र प्रशिक्षक राजुकाजी शाक्यले अनिल गुरुङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली छनोट गरेका हुन् । टोलीमा तीन गोलरक्षक, ७ डिफेण्डर, ८ मिडफिल्डर र ५ स्ट्राइकर समावेश गरिएको छ । टोलीमा कप्तान अनिल र विंगर ...
  • यु १९ एसिया कपः नेपालले भा… Nov 12, 2017 Arthatantra
    काठमाडौं । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई हराएर ऐतिहासिक जीत दर्ता गरेको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १९ रनले हराएको हो । १८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै अल आउट भयो ।  मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा एक सय ...
  • पत्रकार सम्मेलनमै रोए नेइ… Nov 12, 2017 Arthatantra
    काठमाडौं । काभानीसँगको खराब सम्वन्धलाई लिएर भएका अड्कलबाजी, प्रशिक्षक युनाइ एम्रीसँगको मतभेद र सँँधै मानिसहरुको नजरमा पर्नु ‘ ब्राजिलको पोष्ट म्याच कन्फ्रेन्सका क्रममा नेइमार परिवार सम्झिएर रोएका छन् । खासमा प्रशिक्षक टिटेले उनको प्रशंसा गरिरहेका थिए । तर, प्रशिक्षकको प्रशंसाले भावुक बनेका नेइमारले आफूलाई सम्हाल्न सकेनन् । सँधै मिडियाबाट घेरिइरहनु मात्र होइन, नेइमार दुःखी हुनुका धेरै कारण छन् । कीर्तिमानी मूल्यमा ...
  • राइनो गोल्डकप प्रतियोगित… Nov 10, 2017 Arthatantra
    नवलपरासी । नवलपरासीमा सम्पन्न राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडौले जितेको छ । नेपाल एपिएफसँग भएको फाइलन खेलमा संकटा क्लब काठमाडौ विजयी भएको हो । निर्धारित समयसम्म दुवै समूहबाट एक/एक गोलको बराबरी भएपछि खेल ‘ट्राइबेकर’मा धकेलिएको थियो । निर्धारित समयको ७१ मिनटमा एपिएफका जर्सी नं २७ का हरि कार्कीले पहिलो गोल गरेका थिए भने खेलको ७६ मिनटमा संकटाका ...
  • आइसिसी विश्व क्रिकेट लिग च… Nov 9, 2017 Arthatantra
    काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आउँदो महिना युएइसँग हुने खेलका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनौट समितिले २६ जना खेलाडी छनौट गरेको हो । मलेसियामा हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटमा गरेको प्रदर्शनका आधारमा १९ वर्षमुनिका दुई जना खेलाडीलाई ...
  • नेपाल ओमनसँग पराजित Nov 8, 2017 Arthatantra
    काठमाडौ । एएफसी उन्नाइस वर्षमुनि (यू–१९) च्याम्पियनसिपअन्तर्गत आज भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्गिस्तानको विस्केकमा भएको खेलमा नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित भएको हो । यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ओमानले नेपाललाई खेलको पहिलो हाफमा तीन गोल प्रहार ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो । च्याम्पियनसिपमा चार खेल खेलेको नेपालले सबै खेलमा हार ...
  • अन्नपूर्ण पदमार्गमा अन्त… Nov 5, 2017 Arthatantra
    बेँसीशहर, लमजुङ । विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको ११ औँ संस्करण आजदेखि शुरु भएको छ । उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१७’ साइकल दौड प्रतियोगिता बेसीशहरबाट शुरु भएको हो । अघिल्लो वर्ष काठमाडौबाट शुरु भएको प्रतियोगिताको दशौँ र ११ औँ संस्करण बेसीशहरबाट शुरु भएको हो । समुद्री सतहदेखि पाँच हजार ४१६ मि उचाइमा ...

[aas_zone zone_id=”6988″]