Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

खेलकुद
  • विश्व बडीबिल्डिङ च्याम्प… Nov 29, 2016 Arthatantra
    काठमाण्डौं ।  देशको पहिलो महिला बडीबिल्डरका रुपमा ३१ वर्षीय ननिता आज मंगलबारदेखि थाइल्यान्डको पतायामा हुन लागेको विश्व बडीबिल्डिङ च्याम्पियन्सिपमा सहभागी हुँदैछिन् । आफ्नो शरीरलाई ‘मस्कुलर’ बनाउन दुई महिनादेखि उनी नुन पनि नखाई दैनिक ६ घन्टा जीम हलमा आफूभन्दा धेरै तौल उठाइरहेकी थिइन् । ५ फिट ५ इन्च अग्ली ननिता थाइल्यान्डमा महिला मोडल फिजिक्स समूहमा भाग लिँदैछिन्। विश्वका ५९ राष्ट्रले भाग लिन लागेको ...
  • महिला एसिया कपका लागि नेपा… Nov 23, 2016 Arthatantra
    काठमाण्डौं । महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको छ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली आज बुधबार बैंकक प्रस्थान गरेको हो । नेपाली टोलीको प्रशिक्षकमा राजु बस्न्यात छन् । आगामी शनिबारदेखि थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालले टेष्ट मान्यता प्राप्त एशियाली टोलीहरुसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले शनिबार पाकिस्तानसँगको खेलसँगै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि, नेपालले आगामी सोमबार श्रीलंका, ...
  • मैत्रीपूर्ण फुटवल खेलमा न… Nov 19, 2016 Arthatantra
    काठमाडौ। नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा जापानलाई १–० ले हराएको छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध ६०औँ वर्षमा प्रवेश गरेको अवसरमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा नवयुग श्रेष्ठले ५७औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक साबित भयो । नेपालले पाएको कर्नर किकपछि डिबक्समा भएको हुलमुलमा उनी गोल गर्न सफल भए । मैत्रीपूर्ण खेलमा दुवै टोलीका खेलाडीले गोल गर्ने केही सुन्दर मौका ...
  • सोलिडारिटी कप विजेता खेला… Nov 16, 2016 Arthatantra
    काठमाडौ। सरकारले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता सबै नेपाली खेलाडीलाई जनही रु तीन लाख नगद दिने घोषणा गरेको छ । मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । विजयको खबरलगत्तै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले उक्त पुरस्कारको घोषणा गरेको उनका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिए । नेपालका लागि सुजल ...
  • सोलिडारिटी कपको उपाधि जित… Nov 15, 2016 Arthatantra
    काठमाडौं । मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू–२३ सहित उपाधिको हृयाट्रिक मात्र गरेन, पहिलो महादेशीय उपाधि उचालेर इतिहाँस रच्यो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १–० गोल अन्तरले पराजित गरेको छ । नेपालका लागि सुजल श्रेष्ठले विजयी गोल गरेका थिए । प्रकाशित मितिः २०७३ कार्तिक ३०
  • नेपाल सोलिडारिटी कपको फाइ… Nov 12, 2016 Arthatantra
    काठमाडौं । लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो । शनिबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनलको निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । नेपालका तीन खेलाडीले लगातार गोल गरे भने पेनाल्टीमा नेपालका गोलकिपर किरण चेम्जाङले लाओसका खेलाडीको लगातार ...
  • मीरा राई एड्भेन्चर्स अफ द … Nov 4, 2016 Arthatantra
    काठमाण्डौ । नेपाली अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलले हरेक बर्ष बितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा परेकी छन् । १२औं एड्भेन्चर्स अफ द इयर अवार्डका लागि नेशनल जियोग्राफीले विश्वभरका साहसी खेलसँग आवद्धहरुमध्ये १० जनालाई मनोनयन गरेको छ । विश्वभरबाट आउने भोटको आधारमा विजेता घोषणा गरिनेछ । माओवादी सेनाकी पूर्व लडाकु भोजपुरकी मीराले दुई बर्षदेखि अल्ट्रा रनरको रुपमा राष्ट्रिय ...
  • एन्फा अध्यक्षमा श्रेष्ठ न… Oct 24, 2016 Arthatantra
    काठमाडौ। नेपाली फुटबलको अभिभावकीय संस्था अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ विजयी भएका छन् । एन्फाका कावा अध्यक्ष श्रेष्ठ अर्का प्रत्याशी कर्माछिरिङ शेर्पालाई पाँच मतको साँघुरो अन्तरले हराउँदै निर्वाचित भएका हुन् । जम्मा ६७ मत रहेकामा श्रेष्ठले ३६ तथा शेर्पाले ३१ मत पाएका थिए । त्यस्तै रिक्त वरिष्ठ उपाध्यक्षमा पनि श्रेष्ठ समूहकै मणि कुँवर विजयी भएका छन् । कुँवरले शेर्पा ...
  • रोनाल्डो विवादमा Oct 22, 2016 Arthatantra
    रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो विवादमा तानिएका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुकमा बुद्धको प्रतीमासँगको आफ्नो तस्बिर पोस्ट गरेपछि रोनाल्डो विवादमा तानिएका हुन् । रोनाल्डोले बुद्धको टाउकोको प्रतीमाको छेउको घेरामा आफ्नो दायाँ खुट्टा राखेको तस्बिर पोस्ट गरेका छन् । यसपछि उनी विवादमा तानिएका हुन् । उनको यो तस्बिरले बुद्ध र बौद्धधर्मावलम्बीको अपमान गरेको भन्दै रोनाल्डोको आलोचना भएको हो । प्रकाशित मितिः ...
  • सरकारले उपविजेता महिला क्… Oct 19, 2016 Arthatantra
    काठमाडौ । सरकारले एशिया कपका लागि छनौट भएको नेपाली महिला क्रिकेट टोलीका सदस्यहरुलाई जनही २५ हजार रुपैयाँ दिने भएको छ । हङकङमा भएको महिला विश्वकप एशियाली छनौटमा नेपाल उपविजेता भएको थियो । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले बुधबार उपविजेता टोलीलाई मन्त्रालयमा स्वागत गर्दै टोलीका प्रत्येक सदस्यलाई जनही २५ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् । प्रकाशित मितिः २०७३ कार्तिक ३

[aas_zone zone_id=”6988″]