Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

खेलकुद
  • नामिवियासँग खेल्ने नेपाल… Apr 7, 2016 Arthatantra
    काठमाडौँ । नामिविया विरुद्ध नेपालमै हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजनको खेलका लागि नेपाली टिमको अन्तिम घोषणा गरिएको छ । आईसीसीको निर्देशन अनुसार गठन गरिएको तीन सदस्यीय छनोट समितिले पारस खड्काको कप्तानीमा १४ सदस्यीय खेलाडीको घोषणा गरिएको हो। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिवियविरुद्ध नेपालले वैशाख ४ र ६ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने प्रतियोगिताका लागि घोषणा गरिएको टोलीको उपकप्तान ज्ञानेन्द्र ...
  • अब खेलाडीहरुले पाउने भए १०… Apr 6, 2016 Arthatantra
    काठमाण्डौं । साग र बंगबन्धु कप जित्ने फुटबल टोलीका सदस्यहरुले जनही १०/१० लाख पुरस्कार पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको बैठकले बंगबन्धु कप जित्ने टोलीका प्रत्येक सदस्यलाई ५/५ लाख र सागमा स्वर्ण जित्ने टोलीका प्रत्येक सदस्यलाई ५/५ लाख दिने निर्णय गरेको हो । यो निर्णय अनुसार २० फुटबलरले १०/१० लाख पाउनेछन् । बांगबन्धु कप मात्र खेलेका तीन खेलाडी जङ्गु शेर्वा, ...
  • झापा गोल्ड कपलाई कतारबाट त… Apr 6, 2016 Arthatantra
    काठमाण्डौं । वैदेशिक रोजगारीको क्रममा विगत १० वर्षदेखि कतारमा कार्यरत झापा विर्तामोडका राजन श्रेष्ठले मोफसलकै सर्वाधिक राशिको रमपम झापा गोल्ड कप–२०७२ लाई द्वितीय पुरस्कार तीन लाख रुपैंया सहयोग प्रदान गरेका छन्। नेपाली फुटबल टिम कतारका उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठ सानैदेखि खेलमा रुचि राख्ने र नेपाली खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन कतारमा समेत निरन्तर सक्रिय छन्। नेपाली फुटबल खेलको स्तरोन्नतिका लागि आफ्नो ठाउँबाट सबैले सकेको सहयोग ...
  • टी–२० को उपाधी वेस्ट इन्जि… Apr 4, 2016 Arthatantra
    काठमाण्डौं । भारतको कोलकातास्थित इडन गार्डनमा भएको रोमाञ्चक खेलमा इंगल्यान्डलाई ४ विकेटले हराउँदै वेस्ट इन्डिजले टी २० विश्वकपको उपाधि जितेको छ। टस जितेर फिल्डिङ रोजेको वेस्ट इन्डिजले इंग्ल्यान्डलाई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५५ रनमा रोकेको थियो। समूह चरणमा यी दुवै टोली ग्रुप ए मा थिए। पहिलो खेलमा वेष्टइन्डिजले इंग्लिस टोलीलाई हराएको थियो। समूह चरणमा दुवैले एक–एक खेल हारेका थिए। २२ चैत ...
  • अन्तर्राष्ट्रिय मनकामना … Apr 1, 2016 Arthatantra
    पोखरा । मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता यही चैत ३० देखि वैशाख ११ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन गरिने भएको छ । कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालित हुने सो प्रतियोगितामा नेपालका ए डिभिजनका १० फुटबल टोली र दुई विदेशी गरी १२ टोलीको सहभागिता रहनेछ । यसअन्तर्गत थ्री स्टार, मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, ...
  • भलिबल प्रतियोगिता : प्रथम … Mar 30, 2016 Arthatantra
    झापा । पहिलो पटक हुन लागेको सर्वाधिक पुरस्कार राशिको ‘तेस्रो राष्ट्रिय लिग पुरुष भलिबल प्रतियोगिता–२०७३’को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। दुवागढी–६ धाइजनमोडमा आगामी वैशाख २ गतेदेखि सुरु हुने प्रतियोगितामा आठ टिमले १५ खेल खेल्नेछन्। पूर्वप्रधानमन्त्री एवम् एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने प्रतियोगिताका प्रथम हुनेलाई नगद तीन लाख १५ हजार रूपैंया, दोस्रो हुनेलाई नगद एक लाख ७५ हजार ...
  • नेपालमा पहिलोपटक अन्तर्र… Mar 29, 2016 Arthatantra
    नवलपरासी । यहाँ चैत्र २६ गतेदेखि अन्तर्राष्ट्रिय नाइट (रात्रि) क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। सुनरी युवा ब्रिगेड क्रिकेटर क्लबको आयोजनामा जिल्लाको सुनरीमा रातिमा प्रतियोगिता आयोजना हुन लागेको क्लबका अध्यक्ष क्यामुद्दिन अन्सारीले बताए। प्रतियोगितामा भारतको युपी र नेपालको नवलपरासी र रुपन्देहीबाट करिब २० टिम सहभागी हुने क्लबले बताएको छ। प्रतियोगिता रातिमा हुने भएकाले टाढाबाट आउने खेलाडीलाई खाना तथा बस्नको व्यवस्था मिलाइएको ...
  • नेपाल आज बेलुकी सवा ६ बजे म… Mar 27, 2016 Arthatantra
    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको बाइस वर्षमुनि (यु–२२) को राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा नेपाली समयअनुसार आज बेलुकी सवा ६ बजे नेपाली टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि भारतमा सम्पन्न बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) र बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको नेपाली टोली त्यसपछिको पहिलो ...
  • मलेसियाविरुद्धको खेलका ल… Mar 21, 2016 Arthatantra
    काठमाडौं । आगामी चैत १४ गते मलेसिया यु–२२ टोली बिरुद्ध हुने मैत्रिपूर्ण फुटबलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीको घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गरेर एन्फाले मैत्रीपूर्ण खेलका लागि भनेर २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। नेपाली टोलीको नवनियुक्त प्रशिक्षक ग्यातुकी कोजीले युवा खेलाडीहरु टोलीमा प्राथमिकता दिएको बताए। यस्ता छन् नेपाली टोली भरत खवास विजय धिमाल विकेश कुथु विराम महर्जन (कप्तान) विशाल राई विशाल ...
  • नामिवियाबिरुद्धको क्रिके… Mar 20, 2016 Arthatantra
    काठमाडौं । विश्व क्रिकेट लिग लिग च्याम्पियनसीप अन्तर्गत तेस्रो चरणमा नामिवियाबिरुद्धको खेल नेपालले कीर्तिपुरस्थित घरेलु मैदानमै खेल्न पाउने भएको छ । आइसीसीले हालैमात्र किर्तिपुरमा खेल आयोजना गर्न दुई सर्त राखेको थियो साथै एसिया डेभलेपमेन्ट म्यानेजर बन्दुलालाई किर्तिपुरको भौतिक पूर्वाधारबारे अवलदोकन गर्न नेपाल पठाएको थियो । बन्दुलाले आज मैदानको अवलोकन गरेका थिए । कर्तिपुरस्थित टियु क्रिकेट मैदान अवलोकन गरेपछि म्यानेजर बन्दुलाले खेल नेपालमै ...

[aas_zone zone_id=”6988″]