"/>

गाउँपालिकाकै बजेट रु ३५ करोड, चालूतर्फ रु १५ करोड र पुँजीगततर्फ रु २० करोड

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकाले सोमबार रु ३५ करोडभन्दा बढी रकम बराबरको वार्षिक नीति तथा कार्यक्रम (बजेट) प्रस्तुत गरेका छन् ।

सोमबार दिउँसो गाउँपालिकाको प्रांगणमा आयोजित एक समारोहका बीच आर्थिक वर्ष २०७४÷७५ कालागि कूल रु ३५ करोड ५६ लाख ४२ हजार ८८३ बराबरको वार्षिक बजेट सार्वजनिक गरिएको हो ।

गाउँपालिकाका प्रमुख राजकुमार यादवले चालूतर्फ रु १५ करोड ३७ लाख ८९ हजार ५०० र पुँजीगत तर्फ
रु २० करोड १८ लाख ५३ हजार ३८३ रकमसमेत गरी सो बजेट सार्वजनिक गरेका हुन् ।

महोत्तरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो समारोहमा वक्ताले बजेटलाई सदुपयोग गर्नुपर्ने धारणा राखेका थिए ।

२०७४ फागुन १ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com