Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

घर जग्गा
  • पाँच घर आगलागी हुँदा १७ ला… Jan 16, 2018 Arthatantra
    गाईघाट । उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१, इनामेमा माघ १ गते सोमबार स्थानीयका पाँच घरमा आगलागी हुँदा रु १७ लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार इनामेका स्थानीय रणबहादुर विकको घरको परिसरमा चिसोबाट बच्न केकटाकेटीले आगो बाल्ने र खेल्ने गरेपछि घरको खरको छानो सल्केर आगलागी शुरु भएको थियो । विकको घरबाट शुरु भएको आगो अन्य पाँचघरमा ...
  • सुपथ दरको आवास कर्जा ? Apr 15, 2017 Arthatantra
    काठमाडौ। भूकम्प पिडितलाई घर निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ल्याइएको सुपथ दरको आवास कर्जा कार्यक्रम प्रभावकारी हुन सकेन । भूकम्प गएको २ वर्ष भैसक्दापनि अधिकांश पीडितले उक्त सुविधा नपाएपछि यसबारे प्रश्न उठ्न थालेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार यो शीर्षक अन्तर्गत गत फागुनसम्म २ सय ६४ घरघुरीले ५२ करोड ६२ लाख रुपैयाँ ऋण लिएका छन् । यो संख्या अपेक्षाभन्दा निकै कम ...
  • घर किन्दा गाडी उपहार, तपाई … Apr 10, 2017 Arthatantra
    काठमाण्डौं । भृकुटीमण्डपमा जारी घरजग्गा मेला आज चैत २८ गते सकिँदैछ । घरजग्गा खरिद बिक्रीमा गिरावट आएपछि आयोजित यस मेलामा व्यवसायीहरुले घरजग्गा किन्नेलाई गाडी उपहार दिनेसम्मको आकर्षक योजना अघि सारेका छन् । मेलामा विभिन्न घरका डिजाइन, जग्गाको योजना तथा विकास, निर्माण सामाग्री, इन्जिनियरिङ कन्सल्टेन्ट, विद्युतीय सामाग्री लगायतको १ सय २० स्टलहरु रहेका छन्। मेलामा हालको घरजग्गाको मूल्य, निर्माणको सही तरिका, सही ...
  • घरजग्गाका बारेमा जान्न चा… Apr 5, 2017 Arthatantra
    काठमाण्डौं । घरजग्गाको व्यापार प्रवर्द्धनका लागि शुक्रबारदेखि भृकुटीमण्डपमा घरजग्गा तथा आवास मेला हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेलामा सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको समेत सहभागी छन्। मेला अवधिमा नेपालमै पहिलो पटक चैत्र २८ गते ुहाउजिङ समिटु पनि हुनेछ। हाउजिङ समिटको ...
  • पिछडिएका वर्गका लागि एक जि… Mar 23, 2017 Arthatantra
    कञ्चनपुर। जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा बसोबास गर्दै आएका दलित र राउटे समुदायका परिवारका लागि पाँच सय घर निर्माण हुने भएका छन् । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले घर निर्माणका लागि दलित समुदायका विपन्न, घर नभएका, अपाङ्गता भएका, असहाय र एकल महिला तथा राउटे परिवारको छनोटको कार्य सुरु गरेको छ । कार्यक्रमअन्तर्गत स्वीकृत डिजाइन र स्फेसिफिकेसनबमोजिम घर निर्माण गरी आवास ...
  • अब दुई लाख ९२ हजार रुपैयाँ … Mar 22, 2017 Arthatantra
    काठमाण्डौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रतिरोधी घरको ६ वटा नयाँ डिजाइन तयार गरेको छ। भूकम्प प्रभावित जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले न्यून लागतमा निर्माण गर्न सकिने घरको ६ वटा डिजाइन तयार गरेको हो। सोसाइटी अफ नेपलिज आर्किटेक्चर (सोना)ले ५ ओटा र जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेका हुन । प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलको ...
  • घरजग्गाको कारोबारमा ४१.३ प… Feb 27, 2017 Arthatantra
    एथेन्स । ग्रीसको घरजग्गाको आवासीय तथा व्यवसायिक कारोबारको औसत मूल्यमा सन् २००८ यता ४१.३ प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले आइतबार जनाएको छ । यो मूल्य गिरावट आगामी केही समय अझै कायम रहने बताइएको छ । ग्रीक कर्जा सङ्कट सुरु भएसँगै सन् २००८ पछि नै घरजग्गाको कारोबार मूल्यमा भारी गिरावट आउन थालेको र झण्डै १० बर्षको अवधिमा कारोबार मूल्यमा ४१.३ प्रतिशतले ...
  • सडक विस्तार : बिना सूचना घर भत्काइँदै, कसले दिन्छ क्षतिपूर्ति ? अनि कत… Feb 23, 2017 Arthatantra
    काठमाण्डौं । सडक विस्तार पीडित सङ्घर्ष समितिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भइरहेको सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै माइतीघर मण्डलामा आज विहान विरोध प्रदर्शन गरेका छन् । परापूर्वकालदेखि बस्दै आएका स्थानीयवासीलाई बिना सूचना घर भत्काउने काम भइरहेको भन्दै पीडित संघर्ष समितिले विरोध प्रदर्शन गरेको हो । समितिका संयोजक सुमन सायमीले पछिल्लो पटक अदालतले पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराएर ...
  • घरजग्गामा मात्र हैन अब नक्… Feb 19, 2017 Arthatantra
    काठमाण्डौं । महानगरपालिकाले नक्सा पासका लागि जग्गाधनी स्वयम् उपस्थित हुनुपर्ने नयाँ नियम ल्याएको छ । कर्मचारीकै मिलेमतोमा जथाभावी नक्सापास गर्ने र भवन निर्माण सम्पन्न प्रमाणपत्र लिने क्रम बढेपछि भएपछि महानगरपालिकाले नयाँ कार्यविधि ल्याएको हो । यसलाई ‘भवन निर्माण इजाजत सरलीकरण तथा सहजीकरण संक्षिप्त कार्यविधि–२०७३’ नाम दिइएको छ । अब नक्सापास गर्दा घर/जग्गा धनी आफैं उपस्थित हुन नसक्ने भए मनासिब कारणसहितको निवेदन ...
  • घर जग्गा व्यवसाय संकटमा ! क… Feb 13, 2017 Arthatantra
    काठमाडौं । बजारमा तरलता अभावसँगै नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न निर्देशन दिएपछि घरजग्गा व्यवसाय संकटमा परेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सेयर, घरजग्गा र अटो लोनमा कटौती गर्न बैैकरलाई निर्देशन दिएका थिए । त्यस लगत्तै नेपाल बैंकर्स संघले अनुत्पादक क्षेत्रका रुपमा चित्रित गरिएको घर जग्गा कर्जा, मार्जिन लेण्डिङ र अटो लोनमा व्यापक कटौती गर्ने निर्णय ...

[aas_zone zone_id=”6988″]