Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

पत्रपत्रिका
  • गाईको पूजा गरी चुनावी अभिय… Nov 15, 2017 Arthatantra
    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पशुपतिनाथको मन्दिर क्षेत्रमा गाईको पूजा गरी चुनावी अभियान शुरु गरेको छ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाले गाईको पूजा गरी अभियानको शुभारम्भ गर्दै मुलुकमा वैदिक संस्कृति र सभ्यताको संरक्षण गर्न हिन्दू राष्ट्रको पहिचानलाई कायम राख्नुपर्ने आवश्यकता औंल्याए । संविधानप्रति पार्टीको आंशिक समर्थन रहेको छ, उनले भने —“हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी ...
  • नेपालबाट अवैध रुपमा डिजेल … Nov 14, 2017 Arthatantra
    कपिलवस्तु ।भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी भइरहेको छ । तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्यधिक डिजेल लिएर जाने गरेका छन् । भारतीय आयल निगमले सेप्टेम्बरदेखि उत्तर प्रदेशमा डिजेलको मूल्य प्रतिलिटर ६० रुपैयाँ भारु (रु ९६ नेपाली) कायम गरेको थियो । नेपाली बजारमा अहिले डिजेल प्रतिलिटर रु ७४ मा कायम गरिएको छ ...
  • भारतीय सवारी साधनलाई कडाइ… Nov 13, 2017 Arthatantra
    कपिलवस्तु । बढी सामान बोकेर नेपाल भित्रिएका ठूला भारतीय सवारी साधनलाई ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ । कृष्णनगर नाकाबाट मात्र दैनिक करिब ४०० भन्दा बढी भारतीय सवारी साधन नेपाल भित्रने गरेका छन् । जरिमाना काट्दै ‘ओभरलोड’ छाड्दै आएको कपिलवस्तु ट्राफिक प्रहरीले शुक्रबारबाट क्षमताभन्दा बढी सामान बोक्ने ट्रकको सामान खन्याई अर्को ट्रकमा लैजाने व्यवस्था गराउन थालेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालयका ...
  • बैंकको १०० रुपैंया अंकित ४… Nov 12, 2017 Arthatantra
    काठमाडौ । ओम डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद सेयर भर्ने म्याद आईतबार सकिंदैछ । असोज २३ गतेदेखि १०ः३ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ४९ लाख ३१ हजार ८३५ कित्ता अर्थात् ४९ करोड ३१ लाख रुपैंया बराबरको सेयर बिक्री खुला गरेको थियो । आज कार्यालय समयभित्र यो सेयर भरिसक्नुपर्ने हुन्छ । यो हकप्रदमा भदौ २९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन ...
  • संचयकोषका संचयकर्तालाई सहित हाईड्रोको करिब ३ अर्बको आईपीओ निष्काशन हुन… Nov 10, 2017 Arthatantra
    काठमाडौ। मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले कर्मचारी संचय कोषका संचयकर्ता, संस्थापक सेयरधनीका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, आयोजना प्रभावित सिन्धुपाल्चोक, सर्वसाधारण र मध्यभोटेकोसीको कर्मचारीलाई २ अर्ब ९४ करोड रुपैयाँ बराबरको २ करोड ९४ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले आईपीओ निष्कासनका लागि आउँदो मंसिर १८ गते छैठौ वार्षिक साधारणसभा बोलाएको छ ...
  • हावाबाट बिजुली उत्पादन गर… Nov 9, 2017 Arthatantra
    खजुरा, बाँके । बाँके जिल्लाको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन शुरु गरिएको छ । हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले खजुराको क्षेत्रीय कृषि तालीम केन्द्र परिसरमा ८० मिटर अग्लो टावर, पाँचवटा पंखालगायतका उपकरण जडान गरेको छ । अन्य उपकरण जडान गर्ने तयारीमा रहेको केन्द्रले ...
  • दलहरुको चुनावी नारा:निःशु… Nov 8, 2017 Arthatantra
    काठमाडौ । स्थानीय तहदेखि संसदीय निर्वाचनमा माध्यमिक तहसम्म शिक्षा निःशुल्क दिलाउने प्रतिबद्धता गर्न कुनै पनि दल चुकेका हुँदैनन् । कतिपय दलले त निःशुल्कका साथै अनिवार्य र गुणस्तरीय शिक्षाको प्रबन्ध गर्ने पनि भन्दै आएका छन् । नयाँ संविधान जारी हुनुपूर्वका निर्वाचन वा अन्य सार्वजनिक घोषणामा प्रमुख दलहरुले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने प्रतिबद्धता राख्दै आएका छन् । यस पटकको चुनावी घोषणापत्रमा पनि ...
  • बैंकको ५०% हकप्रद खुल्यो,क… Nov 6, 2017 Arthatantra
    काठमाडौ । माउण्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। माउण्ट मकालु डेभलपमेन्ट बैंकले प्रति साधारण शेयर एक सय रुपैयाँको दरमा तीन लाख ४५ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैंकले कात्तिक १६ गतेसम्म कायम भएका शेयरधनीहरुका लागि दुर्इ बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। बैंकको हकप्रद आवेदनका लागि मंसिर ७ देखि पुष १२ ...
  • करिब ३ करोडको साधारण सेयर … Nov 5, 2017 Arthatantra
    काठमाडौ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई करोड ९४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । कम्पनीको कात्तिक १८ गते सम्पन्न तेस्रो बार्षिक साधारणसभाबाट उक्त प्रस्ताव पारित भएको हो । संस्थाले साधारणसभाबाट जारी पूँजीको ४९ प्रतिशतबाट हुन आउने दुर्इ लाख ९४ हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरले ...
  • ताल संरक्षणसम्बन्धी अन्त… Nov 3, 2017 Arthatantra
    काठमाडौ । राष्ट्रिय ताल संरक्षण विकास समितिको ११ औ वार्षिकउत्सव पारेर आगामि मार्च ७ – ८ गतेका दिन २ दिने काठमाडौमा ताल संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय ताल संरक्षण विकास समिति र दि एसियन इन्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल एफेयर्स(एआईडिआइए) को आयोजनामा उक्त सम्मेलन हुने भएको हो । सम्मेलन आयोजना गर्नेसम्बन्धी सम्झौतामा आज दुवै पक्षबीच एक सम्झौतापत्रमा हस्ताक्षर ...

[aas_zone zone_id=”6988″]