Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • प्रदेश ५ टुक्र्याउने प्रस्ताव आए टोपबहादुरले विपक्षमा मतदान गर्छु भनेप… Nov 25, 2016 Arthatantra
    काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उप–नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरि संविधान संशोधन प्रस्ताव ल्याए आफूले त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले सरकारले ५ नम्बर प्रदेशलाई तलमाथि गर्नेगरि संशोधन प्रस्ताव ल्याए आफू त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन् । उनले अघि भने,‘मेरो लागि ...
  • ‘म मधेसी नै हुँ, खै मैले संव… Nov 25, 2016 Arthatantra
    पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमूर्त मागका लागि संविधान संशोधन हुनै नसक्ने बताएका छन् । शुक्रबार पोखरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले संविधान कार्यान्वयन र चुनाव छाडेर संशोधनको मात्र कुरा गरेको भन्दै प्रचण्ड सरकारलाई ‘चटके’ को संज्ञा दिए । उनले प्रश्न गर्दै भने, ‘के का लागि संविधान संशोधन गर्ने ?’ ‘देश र जनताको लागि संशोधन गर्ने हो, अमूर्त ...
  • एमालेको पूर्ण असहमतिमा सं… Nov 24, 2016 Arthatantra
    विराटनगर। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने – अहिले आउन लागेको संविधान संशोधनको प्रस्तावका विषयमा विरोधाभाष देखिएकाले प्रमुख तीन दलको सहमतिमा संशोधनको प्रस्ताव आउनुपर्छ । अध्यक्ष गच्छदारले भने “मधेसी मोर्चाका नेताहरुकै फरक फरक धारणा, एमालेको पूर्ण असहमति र आफ्नो दलसँग पनि कुनै छलफल ...
  • लालबाबुको आक्रोश ‘सडक र … Nov 23, 2016 Arthatantra
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले म्याद तामेलीको हिसावले संविधान संशोधन गर्न चाहेको हो भने एमालेले सहयोग नगर्ने चेतावनी दिए । नेता पण्डितले आफ्नो पार्टीले देशको आवश्यकत्ता अनुसार मात्रै संविधान संशोधन हुने कुरा गरेको बताएका हुन् । उनले संविधान संशोधनको माग गर्ने मधेशी मोर्चाभित्रै एकरुपता नभएको आरोप समेत लगाए । नेता पण्डितले थपे,‘सरकार अहिले ...
  • पाँच नम्बर प्रदेश टुक्र्य… Nov 23, 2016 Arthatantra
    अर्घाखाँची। जिल्लास्थित विभिन्न राजनीतिक दलआबद्ध नेताहरुले पाँच नम्बर प्रदेश टुक्राउने चलखेल भैरहेको भन्दै त्यसो गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । तराई र पहाडलाई अलग गर्न नहुने भन्दै उनीहरुले तराईका जिल्लाबाट गुल्मी, पाल्पा अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेट्न खोजे त्यसको प्रतिकार आन्दोलनबाट गर्ने चेतावनी दिए । पाँच नम्बर प्रदेश टुक्राउन नपाइने माग गर्दै उनीहरुले संयुक्तरुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र समेत बुझाएका ...
  • अनावश्यक विद्युत प्रयोग गरिरहनुभएकोछ ? ऊर्जामन्त्रीको कारवाहीमा पर्नु … Nov 23, 2016 Arthatantra
    काठमाण्डौं । सार्वजनिक स्थानमा अनावश्यक समयमा समेत विद्युत् उपयोग भइरहेको पाइएपछि ऊर्जा मन्त्रालयले परिपत्र जारी गर्दै सबै सरकारी कार्यालयलाई अनावश्यक समयमा विद्युत् प्रयोग बन्द गर्न आग्रह गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल सार्वजनिक स्थानमा अनावश्यक रुपमा विद्युत् उपभोग भइरहेको पाइए त्यसलाई निरुत्साहित गर्न निर्देशन दिएका छन् । विशेष गरी सरकारी कार्यालयमा अनावश्यक रुपमा ...
  • सरकारले भन्यो निर्वाचनको … Nov 20, 2016 Arthatantra
    काठमाडौ। निर्वाचन हुने या नहुने अन्यौल अझै कायम छ । सबैले समयमै निर्वाचन गरिरहनुपर्छ भनिरहेका छन् । अब भने सरकारी स्तरबाटै निर्वाचनको मिति घोषणाको कुरो बाहिर आएको छ । पछिल्लोपटक सरकारले निर्वाचनको मिति घोषणा निर्वाचन आयोगबाटै हुनुपर्छ भन्ने मान्यताप्रति कुनै विवाद नरहेको स्पष्ट पारेको छ । निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा राज्य व्यवस्था ...
  • भारु नोटका विषयमा समस्या स… Nov 20, 2016 Arthatantra
    कन्चनपुर । भारु नोटको सटहीका विषयमा अन्यौलता कायम रहिरहेका बेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत सरकारले भारु पाँच सय र हजारको नोटमा लगाएको प्रतिबन्धका विषयमा प्रधानमन्त्री र नेपालका लागि भारतीय राजदूतसँग कुराकानी गर्ने बताएका छन् । पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक कञ्चनपुर पुगेका देउवाले काँग्रेस कञ्चनपुरले भीमदत्तनगरमा अभिनन्दन गरेपछि भने–“नेपालमा रहेको भारु नोटका विषयमा म समस्या समाधानका लागि पहल ...
  • कसैको स्वार्थ पूरा गर्न सं… Nov 19, 2016 Arthatantra
    बुटवल। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसैको स्वार्थ पूरा गर्न संविधान संशोधन गर्न नसकिने बताएका छन् । उनले नेकपा (एमाले)ले संविधानको कार्यान्वयनको नेतृत्व गर्नेसमेत बताए। उनले भने“कार्यान्वयनका क्रममा अप्ठेरो आएमात्र संविधान संशोधनको विषय उठ्न सक्छ, कार्यान्वयन नहुँदै जनताको भावनाविपरीत एमालेले स्वीकार गर्दैन ।” नेकपा (एमाले) ५ नम्बर प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान ...
  • पाँच नम्बर प्रदेश छुट्याउनु पर्ने माग कसको हो, यसबाट के प्राप्त हुन्छ … Nov 19, 2016 Arthatantra
    लुम्बिनी । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पाँच नम्बर प्रदेशलाई छुट्याउन नहुने बताएक छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पाँच नम्बर प्रदेश छुट्याउनुपर्ने कुनै पनि माग जनताले नराखेकाले छुट्याउन नहुने बताए । अध्यक्ष ओलीले पहाड र मधेसका जिल्ला जोडिएकै कारण पाँच नम्बर प्रदेशलाई छुट्याउनु पर्दछ भन्ने जबर्जस्ती माग कतिपय पक्षको ...

[aas_zone zone_id=”6984″]