Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • एमालेको चियापानमा देउवाल… Oct 15, 2016 Arthatantra
    काठमाडौँ, २९ असोज । ‘निर्वाचन समयमा हुन्छ त रु’ पत्रकारको प्रश्नलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवातिर देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो, ‘‘निर्वाचन त गर्नैपर्छ नि होइन र रु सरकारको के छ धारणा रु’’ छेउमै बसेका ओली र अन्य नेतालाई पनि साक्षी राखेर काँग्रेस सभापति देउवाले पनि रमाइलो शैलीमा उत्तर दिनुभयो, ‘‘निर्वाचन हुन्छ, हुन्छ, हुन्छ ...
  • एमालेको चियापानमा राष्ट्… Oct 14, 2016 Arthatantra
    काठमाडौँ, २८ असोज । नेकपा (एमाले)ले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा भोलि असोज २९ गते आयोजना गर्ने चियापान कार्यक्रमका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि निमन्त्रणा पठाएको छ । कार्यक्रमका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, सांसदहरु, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्यसचिवसहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, विभिन्न आयोग, समिति, संस्थान, बैंक तथा वित्तीय क्षेत्रका ...
  • चुनावताका यस्ता थिए राजनीतिक दलका प्रतिबद्धता, अहिलेसम्म के–के पुरा भए… Oct 13, 2016 Arthatantra
    हरिशरण न्यौपाने । नीजि क्षेत्र विकासको इन्जिन नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र सहित साना राजनीतिक दलहरुले पनि समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने मुलमन्त्र बनाएर २०७० को चुनावका बेला आफ्नो आर्थिक प्रतिबद्धता जनतासामु पेश गरेका थिए । तीन खम्बे अर्थनीतिको विषयलाई तीन ठुला दलहरुले प्राथमिकताका साथ उठान गर्दै आर्थिक विकास प्रयासमा नीजि क्षेत्रलाई इन्जिन हो भने । साथै सहकारीलाई पनि सँगसँगै लैजाने ...
  • प्रचण्डलाई भोट दिएका सांस… Oct 8, 2016 Arthatantra
    सिराहा, २२ असोज । संघीय समाजवादी फोरम नेपालका सांसद तथा केन्द्रिय सदस्य डा. विरेन्द्र महतोले सरकारले मधेशी मोर्चासँग गरेको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाएका छन् । शनिबार गृहजिल्ला सिराहामा आयोजित झिझिया पर्वमा सम्बोधन गर्दै सांसद महतोले प्रचण्ड नेतृत्वको सरकारले मधेशी मोर्चालाई धोका दिएको आरोप लगाएका हुन् । उनले अघि थपे, ‘सरकारले दशैंअघि नै संविधान संशोधन प्रस्ताव अघि बढाउँछु भनेको थियो, तर ...
  • नयाँ शक्ति पार्टीमा किन टि… Oct 7, 2016 Arthatantra
    काठमाडौँ, २१ असोज । अनुशासनहिनता र अपारदर्शिता बढेको जनाउँदै नयाँ शक्ति नेपाल केन्द्रीय परिषद्का कार्यकारी सदस्य मुमाराम खनालले सो पार्टी परित्याग गरेका छन् । वैकल्पिक राजनीतिक दल होइन, वैकल्पिक राजनीतिक संस्कार, नियत र विधिको पालना गर्ने राजनीतिक शक्तिको आवश्यकता महसुस गरेर डा बाबुराम भट्टराई नेतृत्वको सो दलमा आफू समावेश भएको तर ‘पार्टी सम्पूर्ण रुपमा पूर्वमाओवादी समूहका रुपमा रुपान्तरण भएकाले’ अलग हुनुपरेको ...
  • नेपालकी वर्तमान निर्वाचन आयुक्त भारतका ६९ वर्षीय एस वाई कुरैशीसँग विवा… Oct 7, 2016 Arthatantra
    काठमाण्डौं । भारतका पूर्व मुख्य निर्वाचन आयुक्त एस वाई कुरैशी र नेपालकी वर्तमान निर्वाचन आयुक्त इला शर्मा विवाह बन्धनमा बाँधिने भएका छन्। गत वर्ष मेक्सिकोमा भएको भेटपछि यी दुईबीच सम्बन्ध अगाडि बढेको थियो । बिस्तारै उनीहरुबीच प्रेम झाँगिन थाल्यो । सन् २०१५ को सेप्टेम्बरमा मेक्सिकोमा मनी इन पोलिटिक्स कार्यक्रममा ६९ वर्षीय कुरैशी र ४९ वर्षे इलाको भेट भएको थियो। त्यसपछि दुई ...
  • सरकारले स्थापना गर्ने भो विद्युत उत्पादन कम्पनी, सर्वसाधारणको २९ प्रति… Oct 6, 2016 Arthatantra
    काठमाण्डौं । सरकारले सर्वसाधरणको २९ प्रतिशत सेयर रहने गरी स्थापना गर्न लागिएको विद्युत उत्पादन कम्पनी लिमिटेडको कम्पनी संरचना विहिवार मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । यस कम्पनीबाट सरकारले नलसिंङ गाड, बुढिगण्डकी, नौमुरे, सुनकोसी, कर्णाली चिसापानी जस्ता जलासययुक्त आयोजना निर्माण गर्ने उदेश्य राखेको छ। सरकारले नेपालको पानी जनताको लगानी सहितको अल्पकालिन तथा दिर्घकालिन योजना र राष्ट्रिय उर्जा संकट निवारण कार्य योजनालाई कार्यान्वयन गर्न ...
  • निर्वाचन नभए संवैधानिक रि… Oct 5, 2016 Arthatantra
    चितवन, १९ असोज । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले समयमा निर्वाचन हुन नसके संवैधानिक र राजनीतिक रिक्तता आउने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले निर्वाचनलाई टार्ने षड्यन्त्रपूर्ण खेल भइरहेको बताए । आगामी वर्षको माघ ७ भित्र तीनै निकायको निर्वाचन गराउनै पर्ने बताउँदै पोखरेलले  त्यसो नभएमा दलहरूको भूमिका समेत निष्प्रभावी भएर राजनीतिक सङ्कट निम्तिने ...
  • द्विपक्षीय उच्चस्तरीय भ्… Oct 5, 2016 Arthatantra
    काठमाडौं, १९ असोज । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुवैको तर्फबाट भएका उच्चस्तरीय द्विपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको विश्वास व्यक्त गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राजदुत रायले पछिल्लो समय द्विपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको स्पष्ट पारेका छन् । उनले अघि थपे,‘पछिल्ला उच्चस्तरीय भ्रमणले द्विपक्षीय ...
  • नेपाल सधैं आतंकवादको विरु… Oct 4, 2016 Arthatantra
    काठमाडौं, १८ असोज । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै भएको भारत भ्रमणको क्रममा नेपाल र भारतका दुवै राष्ट्रप्रमुखले निकालेको संयुक्त विज्ञप्तीमा राष्ट्रियता र राष्ट्रिय स्वार्थमा आँच आएको भनेर केहीले नक्कली राष्ट्रवादको हल्ला फिँजाएको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महतले प्रधानमन्त्रीको भारत भ्रमणको बेलामा जारी भएको २५ बुँदे संयुक्त विज्ञप्तीलाई ...

[aas_zone zone_id=”6984″]