Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • नेपालको संबिधान निर्माण गर्दा बिदेशीसँग पैसा लिने को ? हेर्नुहोस भिडिय… Sep 3, 2016 Arthatantra
    https://www.youtube.com/watch?v=_pkUenPdiVk के तपाई अनुमान लगाउन सक्नुहुन्छ, आफ्नो देशको संबिधान निर्माण गर्दा बिदेशीसँग पैसा लिनेले कस्तो संबिधान बनाउला ? संबिधानसभाबाट संबिधान पारित गर्दैगर्दा बिदेशीसँग पैसा लिएको कुरा कोही कसैले उठाएका थिएनन्। तर अहिले संबिधान निर्माण गर्दा बिदेशीसँग पैसा लिएको भनेर राजनीतिक नेताकै बीचमा भनाभन र तर्क वितर्क हुन थालेको विषय आश्चर्यको विषय बनेको छ । प्रमुख तीन राजनीतिक दलको बैठकमै यस विषयले ...
  • अघिल्ला सरकारका राम्रा का… Sep 2, 2016 Arthatantra
    काठमाडौ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले रुग्ण उद्योगहरुको स्थलगत अध्ययन गरेर सुधार गर्ने बताएका छन् । विहीबार व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्धन समितिको बैठकमा मन्त्री जोशीले रुग्ण उद्योगहरुलाई सुधार गरेर पुनःसञ्चालनमा ल्याउन सकिने भन्दै त्यसका लागि मन्त्रालयले आवश्यक कदम चाल्ने बताए । औद्योगिकीकरण नै मुलुकको आर्थिक समृद्धिको बाटो रहेको बताउँदै उनले उद्योग मन्त्रालयले त्यसका लागि क्रियाशीलता बढाउने स्पष्ट पारे ...
  • केपी ओलीले फिर्ता बोलाएका … Sep 1, 2016 Arthatantra
    काठमाडौ । यसअघि भारतका लागि नेपाली राजदूत भईसकेका अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले करिब चार महिनाअघि फिर्ता बोलाईएका दीपकुमार उपाध्यायलाई प्रचण्ड नेतृत्वको सरकारले पुनः भारतका लागि नेपाली राजदूत सिफारिस गरेको छ । सिंहदरबारमा बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि पूर्व मुख्यसचिव लीलामणि पौड्याललाई प्रस्ताव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् । यसअघि ...
  • मोर्चा परिवर्तन भए पनि ‘मि… Aug 31, 2016 Arthatantra
    सिन्धुली । नेकपा (एमाले( का महासचिव ईश्वर पोखरेलले पार्टीको मोर्चा परिवर्तन भए पनि मिसन (लक्ष्य) परिवर्तन नभएको बताएका छन् । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकको सिन्धुलीमा उद्घाटन गर्दै उनले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, आर्थिक विकास र मुलुकको समृद्धि पार्टीको लक्ष्य भएकाले प्रमुख प्रतिपक्षमा रहेर पनि जनताका मुद्दा बोक्न उत्तिकै जिम्मेवार हुने बताए । उनले एमालेले बोेकेको मुद्दा पार्टीको मात्र नभई सिङ्गो मुलुककै ...
  • मधेसवादीका नाजायज मागमा स… Aug 30, 2016 Arthatantra
    भक्तपुर । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले मधेसवादी मोर्चाको जायज मागका बारेमा संविधान संशोधन भइसकेकाले अब नाजायज मागमा संविधान संशोधन आवश्यक नरहेको बताएका छन् । रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा ज्ञवालीले जायज माग बाहेक केही नेताहरुको स्वार्थ पूरा गर्न संविधान संशोधनका लागि एमाले कदापि तयार नहुने बताए । मधेसी मोर्चाले राखेको संविधान संशोधनको माग मधेसी जनताको माग नभएको जिकिर ...
  • आफैंले फेल गरेको बजेटका आश… Aug 30, 2016 Arthatantra
    काठमाडौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफैंले फेल गराएको बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताएका छन् । अर्थमन्त्री महराले पत्रकार सम्मेलन गरि राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकलाई पारित गरेर अगाडि बढ्ने तयारी भएको बताए । राजनीतिक अविश्वासका कारण बजेटका आश्रित विधयेक असफल भएको बताउँदै उनले भने, “अविश्वासका कारण विधेयक असफल भएको हो, गल्ती भएर होइन ...
  • कूटनीतिक मर्यादा विपरीत छ… Aug 29, 2016 Arthatantra
    काठमाडौ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सरकारले कूटनीतिक मर्यादा विपरीत भारत र चीनसँग सम्बन्ध बढाउन थालेको आरोप लगाएका छन् । एमाले स्कुल विभागको आयोजनामा युवा संघ नेपालले सञ्चालन गरेको ‘प्रशिक्षक–प्रशिक्षण’ कार्यक्रम समापन गर्दै महासचिव पोखरेलले दुई उपप्रधानमन्त्रीहरुलाई कूटनीतिक मर्यादा विपरीत छिमेकी मुलुकहरुमा पठाएर सम्बन्ध बढाउन थालेको आरोप लगाए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सुगौली सन्धिपछिको गुमेको ...
  • बारपाकलाई पर्यटकीय केन्द… Aug 28, 2016 Arthatantra
    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले २०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटकीयस्थल बनाउन पहल गरिने बताउनुभएको छ । बारपाकका भूकम्प प्रभावितको प्रतिनिधिमण्डलसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री दाहालले “ऐतिहासिक गाउँ बारपाकको एकीकृत योजनाका साथ पुनःनिर्माण गर्नुपर्छ, भूकम्पको केन्द्रविन्दु बनेको वारपाकलाई विश्वले चिनेको छ, यसलाई संसारकै आकर्षक पर्यटकीय केन्द्र बनाउन पहल गर्नेछु” –भन्नुभयो । गोरखाका सांसदद्वय ...
  • धादिङका एमाले नेताहरुले प… Aug 28, 2016 Arthatantra
    पोखरा, ११ भदौ | नेकपा एमाले धादिङका नेताहरुले पोखरामा आएर आफ्नो पार्टी अबको निर्वाचनमा पहिलो पार्टी बन्ने समजिकिर गरेका छन् । एमाले नेतृत्वको सरकारले जनताको मन जितिसकेकाले अब एमाले मुलुकको एक नम्बरको शक्ति बन्ने उनीहरुको ठम्याई छ । एमाले धादिङ–पोखरा सम्पर्क मञ्चको १५ औं साधारणसभामा सहभागी भएका उनीहरुले भुकम्प र नाकाबन्दीको असजिलो समयमा देशी विदेशी षड्यन्त्रबीच केपी ओली नेतृत्वमा सरकार बनेको ...
  • माओवादी निर्वाचनबाट भाग्… Aug 28, 2016 Arthatantra
    पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थानीय निकाय निर्वाचनका लागि सधैं तयार रहेको स्थायी कमिटि आमन्त्रित सदस्य डा. पुष्पराज कँडेलले जनाएका छन् । केहि महिनाभित्रै स्थानीय तह पुनर्संरचना गरेर वा त्यसअघि पनि निर्वाचनमा जान एमालेलाई केहि आपत्ति नरहेको बताए । नेकपा एमाले धादिङ पोखरा सम्पर्क मञ्चले पोखरामा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कँडेलले काँग्रेस र माओवादी केन्द्र नै चुनावबाट भाग्न ...

[aas_zone zone_id=”6984″]