Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • एकै दिन राज्यकोषको १ करोड … Jul 18, 2016 Arthatantra
    काठमाण्डौं ।  सरकारले जाँदाजाँदै प्रधानमन्त्री तथा प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुँचवालालाई राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। मन्त्रिपरिषदको गत असार २४ को बैठकले तत्कालीन गृहमन्त्री शक्ति बस्नेतको प्रस्तावमा ७८ जनालाई आर्थिक सहायता दिने निर्णय गरेको हो। सरकार आफैले बनाइ कार्यान्वयनमा ल्याएको ‘विपन्न तथा विशिष्ट व्यक्तिहरुलाई उपचार खर्च दिनेसम्बन्धी कार्यविधि’ विपरीत सरकारले पुनः ...
  • विज्ञले दिए प्रधानमन्त्र… Jul 17, 2016 Arthatantra
    काठमाडौं । पछिल्लो संबैधानिक जटिलताका विषयमा संविधानविदहरुसँग छलफल गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई संबैधानिक निकासका लागि चुनाव घोषणा गर्नु पर्ने सुझाव दिएका छन् । सबै भन्दा उपयुक्त विकल्पबारे विज्ञहरुसंग परामर्श गर्दा प्रधानमन्त्रीलाई तीन वटा सुझाव दिएका छन् । आइतवार साँझ वालुवाटारमा उनीहरुसँग कुरा गर्दै ओलीले आफू पदमा रहने नरहने भन्दा पनि संविधान कार्यान्वयनमा आउने अवरोधलाई ध्यान दिएर आफू अघि बढ्ने ...
  • अविश्वासको प्रस्ताव माथि … Jul 17, 2016 Arthatantra
    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव माथि तीन दिन छलफल हुने प्रारम्भिक कार्यसूची तय भएको छ । प्रमुख विपक्षी दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत दलले गत बुधबार प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । संसद् सचिवालयले उक्त प्रस्ताव माथि यही साउन ६ देखि ८ गतेसम्म छलफल हुने सूचना पत्र मार्फत सदस्यलाई जानकारी ...
  • हेटौँडामा पनि केपी ओलीको स… Jul 17, 2016 Arthatantra
    हेटौँडा– अहिले सम्म नगरेको काम बर्तमान केपी ओलीको सरकारले गरेको भन्दै मकवानपुरका स्वतन्त्र युवाहरुले हेटाँैडामा प्रदर्शन गरेका छन् । भारतको नाकाबन्दी देखि भारतको मात्र एकाधिकारको बजारलाई चिनसँग जोड्दै अधि बढेको सरकार नेपाल र नेपालीका लागि आवश्यक रहेको बन्दै हेटौँडाको बिभिन्न क्षेत्रमा आवद्ध रहेका स्वतन्त्र युवाहरुले बजारमा प्रदर्शन गरेका हुन् । हेटौँडाको सिमचौकबाट बजार परिक्रमा गर्दै प्रर्दशन गरिएको थियो । सरकारले जनताको ...
  • सभामुखको निष्पक्षतामाथि … Jul 16, 2016 Arthatantra
    काठमाडौँ । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले नेकपा (माओवादी केन्द्र)ले सत्ताबाट फिर्ता भएपनि सरकार अल्पमतमा नपरेको दाबी गरेका छन् । प्रेस चौतारी नेपालले आज काछमाडौंमा आयोजित अन्तरकृयामा सचिव ज्ञवालीले अहिलेको सरकार अल्पमतमा परेको भन्ने कानुनी आधार नभएको स्पष्ट पारे । ज्ञवालीले मुलुकलाई सङ्क्रमणकालतर्फ धकेल्न सरकार परिवर्तन गर्न नेपाली काँग्रेस र माओवादी केन्द्र लागेको बताए । ‘‘भूकम्पपछिको पुनःनिर्माण, राष्ट्रिय स्वाधीनताका सवाल, नाकाबन्दीको ...
  • प्रचण्डलाई फकाउँदै ओली सर… Jul 16, 2016 Arthatantra
    काडमाण्डौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सत्तारुढ गठबन्धनकै मन्त्रीहरुले भेटघाट तीब्र पारेका छन्। नयाँ गठबन्धनमार्फत निर्माण हुने सरकारमा पर्न उनीहरु व्यवस्थापिका संसददेखि प्रचण्डको निवासै पुग्ने गरेका छन्। माओवादी स्रोतका अनुसार अहिलेसम्म ओली नेतृत्वको सरकारमा सामेल मन्त्रीकै दलका २० भन्दा बढी सांसदले कांग्रेस माओवादी गठबन्धनमा साथ दिने प्रतिबद्धता जनाइसकेका छन्। दुई ...
  • सरकारलाई अविश्वासको प्रस… Jul 15, 2016 Arthatantra
    भक्तपुर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले केपी ओलीको सरकारलाई अविश्वासको प्रस्ताव राखिएता पनि संबैधानिक जटिलता रहेको बताएकी छन् । रफत सञ्चार क्लबद्धारा शुक्रबार भक्तपुरमा आयोजित साक्षात्कारमा बोल्दै उनीले वर्तमान सरकारलाई हटाउन सक्ने प्रावधान कस्तो छ भन्ने अध्ययन नगरि अगाडि बढ्दा समस्या देखिने भन्दै केपी शर्मा ओलीको सरकार कस्तो भूमिकामा प्रस्तुत हुन्छ त्यसमै नयाँ सरकार निर्माणमा भर पर्ने बताइन् । वर्तमान समयमा ...
  • माओवादी र कांग्रेसको निशा… Jul 15, 2016 Arthatantra
    काठमाण्डौं । नेकपा माओवादी केन्द्रको आज बिहान बसेको बैठकले बजेटसँग आश्रित विधेयकहरु पास गर्न नदिने निर्णय गरेको छ। अविश्वासको प्रस्ताव संसदमा पेश भइसकेको अवस्थामा अन्य विधेयक पारित गर्न नमिल्ने भन्दै उनीहरुले यस्तो निर्णय गरेका हुन् । बुधबारको संसद बैठकमा पनि कांग्रेस र माओवादी केन्द्रले विधेयकको प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका थिए। एमाले र राप्रपा नेपाल लगायतले संसद सुरु गर्न पटक–पटक आग्रह ...
  • मन्त्री छान्दै प्रचण्ड Jul 15, 2016 Arthatantra
    काठमाण्डौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्र र जनतामा केन्द्रीत मुद्दाको सम्मान गर्न सक्ने बढीमा २५ सदस्यी मन्त्रिपरिषद गठन गर्न पार्टीभित्रै नेताहरुले सुझाव दिएका छन्। प्रचण्डलले आफ्नो नेतृत्वमा गठन हुने भावी सरकारको संरचना र त्यसमा पार्टीको प्रतिनिधित्वका लागि विशेष गृहकार्यको जिम्मेवारी महासचिव कृष्णबहादुर महरालाई दिएका छन्। यसअनुसार महराले पार्टीको नेतृत्वसँग अनौपचारिक परामर्श थालेको जानकारी स्रोतले दियो। महराले गृहकार्यको आधार संविधान ...
  • संयुक्त बिज्ञप्ति निकाल्… Jul 14, 2016 Arthatantra
    काठमाण्डौं । सरकारबाट हात झिकेको नेकपा माओवादी केन्द्र र प्रतिपक्षी दल नेपाली कांग्रेसले संयुक्त वक्तव्य जारी गर्दै सरकार बिरुद्ध अविश्वासको प्रस्ताव जारी भएपछि सरकार काम चलाउ हैसियतको मात्र भएकाले राष्ट्रिय महत्व राख्ने निर्णय नगर्न सरकारलाई खबरदारी गरेका छन् । विज्ञप्तिमा ‘वर्तमान सरकारले दैनिक कामकाजका सामान्य काम बाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दिर्घकालीन प्रभाव पार्ने निर्णयहरु नगर्न सरकारको ध्यानाकर्षण गराउँदछ’ ...

[aas_zone zone_id=”6984″]