Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • पूर्वमन्त्रीहरुलाई साख ज… Nov 23, 2017 Arthatantra
    त्रिशूली । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा नुवाकोटमा राष्ट्रिय पहिचान बनाएका केन्द्रीय नेतालाई साख जोगाउने चुनौती पनि बढ्दै गएको छ । आज काँग्रेस र वाम गठबन्धनले अन्तिम चुनावीसभा गरिरहेका छन् । आ–आफ्ना पक्षमा मतदाता तान्न नेता सक्रिय भइरहेका छन् । विसं २०५१ देखि लगातार नुवाकोटमा निर्वाचन जितिरहेका डा रामशरण महतलाई यो पटकको निर्वाचनमा ...
  • संविधान कार्यान्वयन गर्दै देशको आर्थिक समृद्धि पक्षमा अर्थमन्त्री कार्… Nov 22, 2017 Arthatantra
    इटहरी । नेपाली काँग्रेसका नेता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोशी पीडितको उद्धारमा नेपाली काँग्रेसले पु¥याएको योगदानको उदाहरणबाट काँग्रेस पार्टी पीडितको पक्ष लिने पार्टी हो भन्ने पुष्टि हुने बताउनुभएको छ । अर्थमन्त्री कार्कीले आज आफ्नो निर्वाचन क्षेत्र सुनसरी–४ को कोशी बाढी प्रभावित क्षेत्रको लौकही बजार क्षेत्रमा नेपाली काँग्रेसको क्षेत्रीय समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ...
  • थानकोटदेखि कलंकी सडक विस्तार कार्य चाँडो गरी आर्थिक क्रान्तिमा लाग्नुछ… Nov 21, 2017 Arthatantra
    काठमाडौँ । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले थानकोटदेखि कलंकी र कलंकीदेखि बल्खुको सडक विस्तार कार्य चाँडो पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा ९एमाले० क्षेत्र नं ९ बल्खु एकाइले आज आयोजना गरेको चुनावी कार्यक्रममा उहाँले उक्त सडकखण्ड विस्तार एवं पुनःनिर्माणमा ढिलाइ हुँदा धुवाँ र धुलोको समस्याले स्थानीयवासीलाई समस्या भएको बताउनुभयो । मुलुकमा शान्ति र सरकारको स्थायित्वका लागि वाम गठबन्धन भएको बताउँदै नेता ...
  • निर्वाचनमा कर्मचारी खटाउ… Nov 21, 2017 Arthatantra
    चरिकोट । आगामी निर्वाचनमा कर्मचारी गोलाप्रथाबाट खटाइने भने पनि गोलाप्रथाबाट बनेको सूची दुई दिन पनि टिक्न नसकेको भन्दै सम्बद्ध कर्मचारी आक्रोशित बनेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटनपटनमा गोलाप्रथाको धज्जी उडाउँदै मनपरी गर्न शुरु गरेको केही असन्तुष्ट कर्मचारीको भनाइ छ । निष्पक्षताका लागि भन्दै कर्मचारी छनोट गरेर शुरुमा नै राम्रो सन्देश दिएको जिल्लाको मुख्य निर्वाचन कार्यालय अन्ततः विवादमा फसेको छ ...
  • राज्यमन्त्री खड्काको घरम… Nov 21, 2017 Arthatantra
    बागलुङ । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ...
  • प्रकाश दाहाल गम्भीर बिराम… Nov 19, 2017 Arthatantra
    काठमाडौं, मंसिर ३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहाल गम्भीर बिरामी भएका छन्। उनलाई उपाचारका लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ। पारिवारिक स्रोतका अनुसार आइतबार बिहानै अचेत भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। प्रकाश दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ। यद्यपी अस्पतालले केही आधिकारिक जानकारी दिएको छैन। छोरा बिरामी परेपछि झापाको विर्तामोडमा रहेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन्। ...
  • रामचन्द्र पौडेल चढेको जिप… Nov 18, 2017 Arthatantra
    लमजुङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी उनी चढेको जिपमा आज बम प्रहार भएको छ । तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका– १० स्थित नेपालडाँडामा नेता पौडेल सवार बा१३च ३७४२ नं को जिपमा बम प्रहार भएको हो । बम प्रहारबाट एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । बम प्रहारबाट पौडेल चढेको जिपको सिसा फुटेको ...
  • निर्वाचन अगावै प्रदेश प्र… Nov 18, 2017 Arthatantra
    काठमाडौँ । सरकारले प्रदेश प्रमुखको नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको बेला सरकारले प्रदेश प्रमुख नियुक्त प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए । उनले चाँडै नै सातवटै प्रदेशका प्रमुख नियुक्तका लागि मन्त्रिपरिषद्ले टंगो लगाउने बताए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखको नियुक्त गर्ने कानूनी व्यवस्था ...
  • बस्नेतको स्वागतमा प्रतिस… Nov 17, 2017 Arthatantra
    भक्तपुर । मङसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) भक्तपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतलाई स्थानीयहरुद्वारा स्वागत गर्ने प्रतिपर्धा चल्न थालेको छ । फूलमाला र दहीसहितको सगुन लिएर स्थानीयबीच कसले पहिला स्वागत गर्ने भन्ने प्रतिस्पर्धा चल्न थालेको हो । निर्वाचनको क्रममा बस्नेत घरदैलो गर्ने क्रममा घरैपिच्छे स्थानीयबासीहरुले पहिला स्वागतका लागि तछाडमछाड नै चल्ने थालेको छ । मङ्सिर २१ ...
  • जनता भन्छन्ःबस भाडा नै नउब… Nov 15, 2017 Arthatantra
    चरिकोट । न्यानो कपडा बोकेर विक्रीका लागि बजार चहार्दै गर्दा कालिकोट जिल्ला तिलागुभा नगरपालिका–१ का ३५ वर्षीय वीरबहादुर बुढा सदरमुकाम चरिकोटमा भेटिए । तपार्इंले बोकेको केहो ? भन्दा उनले जवाफ दिए , “यो झिल्के हो ।” त्यसको विक्री मूल्य सोध्दा रू दुईहजार ५०० पर्छ भन्दै गफिन खोजे । उनीजस्तै कालिकोटबाटै आएका उनका दाजु नरिलाल बुढा र काकासहित परिवारका चारजना जाँडोको ...

[aas_zone zone_id=”6984″]