काठमाडौं । प्रभु बैंकले बिशेष अदालत काठमाडौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंस्थित बिशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको आजैदेखि कारोबार सुरु भएको गरेको हो ।
नेपाल राष्ट्र बैंक तथाअन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले बिशेष अदालत काठमाडौंमा सेवाविस्तार गरेको हो ।
उक्त एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित विशेष अदालतमा आउने सेवाग्राहीहरुलाई रकम जम्मागर्न र बिशेष अदालतको काम गर्न सहज र सरल हुने भएको छ । उक्त काउन्टर विशेष अदालत काठमाडौंका न्यायाधीश प्रेमराज कार्कीले.उद्घाटन गर्नुभएको हो ।
काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीय बासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २१३ वटा शाखाकार्यालय, १८९ वटा एटीएीम, ५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवामार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गरिहेको छ ।
वि.सं.२०७८ वैशाख ३ शुक्रवार १७:१४ मा प्रकाशित