Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • पुष्पलता क्याम्पसको स्वव… Mar 1, 2017 Arthatantra
    लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–११ दुईपिप्लेमा रहेको पुष्पलता जनएकता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सिंगो कार्य समितिमा सबै महिला चयन भएका छन् । क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) की संगीता भुजेल, उप–सभापतिमा नेविसंघकी बिना श्रेष्ठ, सचिवमा अनेरास्ववियुकी निशा कुमाल, सह–सचिवमा अनेरास्ववियुकै बिनिता श्रेष्ठ, कोषाध्यक्षमा नेविसंघकी सञ्जु कँडेल क्षेत्री चयन भएका छन् । यस्तै सदस्यमा निशा थापा मगर, सुष्मा श्रेष्ठ, ...
  • सानोठिमी क्याम्पसमा आगजन… Feb 28, 2017 Arthatantra
    भक्तपुर । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सङ्घारमा भक्तपुरस्थित सानोठिमी क्याम्पस तनावग्रस्त बनेको छ । गए राति क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी भएको थियो । सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी ‘प्रचण्ड’ र नेविसङ्घले संयुक्त तथा एमाले निकट अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षले संयुक्त समूह बनाएर उम्मेदवारी दिएका छन् । अखिल क्रान्तिकारी ‘प्रचण्ड’ का महासचिव एवम् सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति वीरेन्द्र ...
  • कलेजको उत्सवमा स्टक मार्क… Feb 27, 2017 Arthatantra
    काठमाण्डौं । किंग्स कलेजले श्रृजना, प्रतिस्पर्धा र मनोरञ्जन विषयबस्तु अन्तर्गत रहि यहि फाल्गुन १७ देखि १८ सम्म काठमाण्डौं कमलादीस्थित एकेडेमी हलमा हाम्रो उत्सवको आयोजना गर्ने भएको छ । उत्सवमा स्टक मार्केट च्यालेन्ज, सोसल मिडिया मार्केटिङ्ग तथा ब्यवसायिक योजना लेखाइ लगायतका बिषयमा सहभागी बिधार्थीहरुले प्रतिपर्धा गर्ने आयोजकले जनाएको छ । उत्सवमा स्टक मार्केट च्यालेन्जःसोसल मिडिया मार्केटिङ्गः ब्यवसायिक योजना लेखाइः हाजिरी जवाफः मानव ...
  • दुई सय जनाले पाए पाकिस्तान… Feb 24, 2017 Arthatantra
    काठमाण्डौँ । पाकिस्तान सरकारले शिशु कक्षादेखि दश जोड दुईसम्म अध्ययनरत २०० जना नेपालीलाई जनही रु १० हजार छात्रवृत्ति प्रदान गरेको छ । शिक्षामन्त्री धनीराम पौडेलले आज यहाँ आयोजित एक समारोहमा छात्रवृत्ति रकमको चेक हस्तान्तरण गर्दै नेपालको शैक्षिक उन्नयनमा पाकिस्तान सरकारले उपलब्ध गराएको सहयोगको सराहना गरेका छन् । उनले नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ...
  • सम्बाहाम्फेको नेतृत्वमा … Feb 22, 2017 Arthatantra
    काठमाडौ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको तेह्रौँ राष्ट्रिय महाधिवेशनले विजय सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । गएराति सम्पन्न मतगणनाको परिणामअनुसार कुल एकहजार ६२३ मतमध्ये सम्बाहाम्फेले ८७१ र उनका निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीले ७५१ मत ल्याए । निर्वाचित अध्यक्ष सम्बाहाम्फे १२० मत अन्तरले विजयी भएका हुन् । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा डी.के. ढुङ्गाना तथा खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, ...
  • २५ लाख मूल्य बराबरको छात्र… Feb 21, 2017 Arthatantra
    काठमाण्डौं । न्यूयोर्कस्थित टेक्नोलोजी कम्पनी फ्यूज मेसिन्सले नेपाली विद्यार्थीलाई २५ लाख मूल्य बराबरको आर्टिफिसियल इन्टेलिजेन्स छात्रवृत्ति  प्रदान गर्ने भएको छ। २०१७ देखि सुरु हुने यस छात्रवृत्ति कार्यक्रम एक वर्षसम्म लागू हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा छ। नेपाली सफ्टवेर इन्जिनियरलाई आर्टिफिसियल इन्टेलिजेन्स, नेचुरल ल्याङ्गवेज प्रोसेसिङि र मेसिन लर्निङ्ग जस्ता प्रविधिमा दक्ष बनाउन यो कार्यक्रम ल्याइएको कम्पनीले जानकारी दिएको छ। फ्यूज मेसिन्सले यो ...
  • संस्थानले माग्यो २७ अधिकृत, शैक्षिक योग्यता हेर्नुहोस् र आवेदन दिनुहोस… Feb 19, 2017 Arthatantra
    काठमाण्डौं। नेपाल दूरसञ्चार प्राधिकरणले अधिकृत तृतिय र सहायक प्रथम पदमा २७ जना कर्मचारी माग गरेको छ। प्राधिकरणले प्राविधिकतर्फ एकजना आन्तरिक प्रतिष्पर्धावाट र एकजना खुल्लातर्फ गरि दुई जना र प्रशासनतर्फ पनि एकजना आन्तरिक प्रतिष्पर्धावाट र एकजना खुल्लातर्फ गरि चारजना उपनिर्देशक माग गरेको छ। त्यस्तै प्रशासनिक अधिकृततर्फ एकजना आन्तरिक प्रतिष्पर्धा र चारजना खुल्ला प्रतिष्पर्धामार्फत माग गरेको छ भने इन्जिनियरिङतर्फ खुल्ला सातजना, महिला दुईजना, ...
  • जनक शिक्षा मात्रै होईन अब … Feb 17, 2017 Arthatantra
    काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छाप्न नभ्याएका पाठ्यपुस्तक मुद्रणको जिम्मेवारी साझा प्रकाशनलाई दिने तयारी भएको बताएका छन् ।आसन्न नयाँ शैक्षिक सत्रका लागि पर्याप्त पाठ्यपुस्तक मुद्रण नभएको सन्दर्भमा उनले राज्यकै अर्को निकाय साझा प्रकाशन र त्यसपछि निजी क्षेत्रलाई प्राथमिकता दिई जिम्मा दिने र वितरणका सम्बन्धमा पनि चाँडै नीतिगत निर्णय हुने बताए । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी ...
  • स्ववियु निर्वाचन पाँच दिन … Feb 16, 2017 Arthatantra
    काठमाडौ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पाँच दिन पछि सार्ने प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच सहमति भएको छ । प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो । बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन ...
  • लम्की बहुमुखी क्याम्पस प्… Feb 15, 2017 Arthatantra
    धनगढी । लम्की बहुमुखी क्याम्पस कैलालीका प्रमुख र सहायक प्रमुख अपहरणमा परेका छन् । बुधबार क्याम्पस प्रमुख भिष्म थापा र सहायक प्रमुख कमल विष्ट अपहरणमा परेका हुन् । उनीहरुलाई विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले क्याम्पस परिसरबाटै कब्जामा लिएर अज्ञात स्थलतर्फ लगेको स्रोतले बतायो । तर, कैलाली प्रहरीले भने यसबारे जानकारी नभएको बताएको छ । विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले फागुन १४ ...

[aas_zone zone_id=”6988″]