Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • अब ईपीएसका परीक्षार्थीले … Aug 11, 2016 Arthatantra
    काठमाण्डौं । ईपीएस परीक्षार्थीले परीक्षा दिएकै दिन आफूले प्राप्त गरेको नम्बर हेर्न पाउने भएका छन् । परीक्षा दिएकै दिन कति नम्बर आयो, कुन प्रश्नको उत्तर बिग्रियो अनि कुनकुन चाहिँ मिल्यो भन्ने जानकारी परीक्षा दिने बित्तिकै दिने तयारी गरिएको हो । काम गर्न दक्षिण कोरिया जान चाहनेले सन् २०१९ देखि अनिवार्य रुपमा कम्प्युटरमै परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ । ग्रामीण क्षेत्रका युवाले ...
  • प्राध्यापकले २ करोड ४० लाख… Aug 9, 2016 Arthatantra
    काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा कार्यरत प्राध्यापक भरतराज पहारीविरुद्ध सोमबार भ्रष्टचार मुद्दा दायर गरेको छ । अख्तियारले प्राध्यापक पहारीले २ करोड ४० लाख १ हजार ५ सय ९९ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले पहारीसँग २ करोड ४० लाख बिगो र बिगोबरावरारको जरिवाना ...
  • लोक सेवाद्वारा शाखा अधिक… Aug 4, 2016 Arthatantra
    काठमाण्डौं । लोक सेवा आयोगले शाखा अधिकृत पदका लागि लिइएका लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशाशन, लेखा परीक्षण, र व्यवस्थापिका संसद, परराष्ट्र, न्याय, न्यायकानुन र सरकारी वकिल, समूहका शाखा अधिकृतका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । अब लिखित परीक्षा पास भएका उम्मेदवारहरुले अन्तिम चरणको परीक्षाको सामना गर्नेछन् । आयोगले प्रशाशन, लेखा परीक्षण, र व्यवस्थापिका संसद समूहमा ...
  • साढे ३२ हजार विद्यार्थीले … Aug 3, 2016 Arthatantra
    काठमाण्डौं । विदेशमा उच्च शिक्षा अध्ययनका लागि शिक्षा मन्त्रालयबाट एक वर्षमा साढे ३२ हजार नेपाली विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट ९एनओसी० लगेका छन् लिएका छन् । यसका लागि राष्ट्र बैंकबाट साढे १७ अर्ब रुपैयाँभन्दा बढी सटही भएको छ। शिक्षा मन्त्रालय नो अब्जेक्सन सर्टिफिकेसन शाखाका अनुसार आर्थिक वर्ष ०७२÷७३ मा ३२ हजार चार सय ८२ विद्यार्थीले विदेश अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगेका ...
  • एमए दोस्रो वर्षको परीक्षा… Jul 31, 2016 Arthatantra
    काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७१ को प्रकाशित भएको छ । केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार (सोधपत्रबाहेक) ग्रामीण विकास, नेपाल भाषा र भाषा विज्ञान विषयको परीक्षाफल प्रकाशन गरिएको हो । प्रकाशित मिति: २०७३ साउन १६
  • शिक्षा सेवा आयोगः ११ सय १७ … Jul 28, 2016 Arthatantra
    काठमाण्डौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका ९ विषयमा पढाउने ११ सय १७ शिक्षक माग गरेको आवेदनमा १ लाख १६ हजार ३ सय ४० जनाको आवेदन परेको छ। आवेदन दिनेको यो संख्या माग भन्दा एक सय चार गुणा बढी हो। आयोगले ०६३ वैशाख १० देखि रिक्त रहेको दरबन्दीमा स्थायी पदपूर्तिका लागि जेठ ९ मा विज्ञापन गरेको थियो। स्थायी अध्यापन अनुमति ...
  • फेल नभएको एसएसली पूरक परीक्षामा १ लाख ४७ हजार विद्यार्थी सहभागी हुँदै … Jul 25, 2016 Arthatantra
    भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ। परीक्षाका लागि कार्यालयले ७५ वटै जिल्लामा १९२ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ, जसमा एक लाख ४७ हजार विद्यार्थी सहभागी हुँदैछन्। दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याएर पूरक परीक्षा दिन पाउने विद्यार्थीको सङ्ख्या नियमिततर्फ एक लाख ८ हजार ...
  • विद्यार्थी सवैभन्दा बढी न… Jul 25, 2016 Arthatantra
    काठमाण्डौं । यसपालि एसएलसी नियमित र एक्जाम्टेड गरी ५ लाख ८८ हजार १ सय ५२ परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ४ लाख ३७ हजार ३ सय २६ विद्यार्थी सहभागी रहेकोमा सबैभन्दा कम ‘ए’ प्लस भने नेपाली विषयमा ल्याएका छन्। नेपालीमा ६३ जनाले मात्र ‘ए’ प्लस ल्याएका छन्। ९०–१०० प्रतिशत ल्याउने ए प्लसम पर्छन्।  ‘डी’ ल्याउने ४३ हजार ६ सय ३३ जना छन्। ...
  • त्रिवि सेवा आयोगको अध्यक्… Jul 21, 2016 Arthatantra
    काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष पदमा चैतन्य शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सिफारिस समितिको सिफारिस बमोजिम तीन वर्षका लागि उनलाई आज नियुक्त गरेका हुन् । शिक्षामन्त्रीको अध्यक्षतामा रहने समितिले सो पदमा नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ । यसअघिका अध्यक्ष प्रा डा ईश्वरचन्द्र दत्तको कार्यकाल सकिएपछि त्रिविका रसायनशास्त्रका पूर्व सहप्राध्यापक तथा पूर्व ...
  • एकै जिल्लाका ३२ हजार बालबा… Jul 14, 2016 Arthatantra
    महोत्तरी । वल्र्ड एजुकेसनले विसं २०६८ को जनगणनालाई उद्धृत गर्दै सार्वजनिक गरेको तथ्याङ्कले महोत्तरीका ३२ बालबालिका अझै विद्यालयसम्म नगएको देखाएको छ । विद्यालय बाहिर रहेका विद्यार्थीमध्ये झन्डै ६० प्रतिशत बालिका रहेका र सोमध्ये पनि मुस्लिम, दलित र पिछडावर्गबाट अत्यधिक बालिका तथा किशोरीहरु विद्यालय बाहिर रहेको वल्र्ड एजुकेसनको सहयोगमा समाज विकास केन्द्र नामक संस्थाले आठ गाविसमा गरेको तथ्याङ्क सङ्कलनले देखाएको छ । ३० ...

[aas_zone zone_id=”6988″]