Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • एसएलसी परीक्षा सुरु, कोही … Mar 31, 2016 Arthatantra
    काठमाण्डौं । यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर आज बिहान ८ बजेबाट सुरु भएकोछ । यस पटक परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भइरहेका छन् । नियमिततर्फ चार लाख ५२ हजार ८८१ र ‘एक्ज्याम्टेड’तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी भइरहेको यो परीक्षामा यसपटकबाट कोही पनि फेल हुने छैनन् । एसएलसी परीक्षाको नतिजा ‘लेटर ग्रेडिङ’ मा ...
  • भोलिबाट सुरु हुने एसएलसीम… Mar 30, 2016 Arthatantra
    भक्तपुर । यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर भोलि बिहीबार बिहान ८ बजेबाट सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन विद्यार्थी, अभिभावक, शिक्षक र राजनीतिक दलका प्रतिनिधि एवम् सबै सरोकारवालालाई आग्रह गरेका छन्। यस पटक परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन्। जसमा नियमिततर्फ चार लाख ...
  • प्राविमा शिक्षक छनौट : नति… Mar 29, 2016 Arthatantra
    मकवानपुर । परीक्षा पछि नतिजा आउँछ कि, नतिजा पछि परीक्षा हुन्छ ? सबैको साझा जवाफ हुन्छ परीक्षा पछि नतिजा आउँछ । तर यो कलि हो, यहाँ नतिजा पछि परीक्षा हुँदा पनि अचम्म नमाने हुन्छ । यस्तै भयो थाहाका प्रणेता मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ दम्कीस्थित जनता प्राबिमा शिक्षक छनौटका लागि सोमबार लिईएको परीक्षामा । समाजलाई सही मार्ग देखाउनु पर्ने शिक्षक ...
  • कार दुर्घटना परि पद्मकन्याकी पूर्व स्ववियू सभापति लालकुमारी पोखरेलको म… Mar 28, 2016 Arthatantra
    काठमाडौं । नेपाल विद्यार्थी संघकी नेतृ एवम् पदमकन्या क्याम्पसकी स्ववियु पूर्व सभापति लालकुमारी पोखरेल (स्वस्तिका)को सडक दुर्घटनामा निधन भएको छ। बारा जिल्लाको अमलेखगञ्जमा आज बिहान पाँच बजे भएको सडक दुर्घटनामा पोखरेलको निधन भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा पोखरेलसँगै ध्रबु कार्कीको पनि निधन भएको छ । उदयपुर कटारी २ की ३७ बर्षीया पोखरेल वीरगन्जबाट काठमाडौंको लागि बा३च ८०९७ नम्बरको ...
  • विद्यालयका कार्यक्रम प्र… Mar 27, 2016 Arthatantra
    काठमाण्डौं । शिक्षा विभागले स्कूलका कार्यक्रमहरुलाई व्यवस्थित गर्नका लागि कार्यक्रम अवधिभर गर्न नपाइने भन्दै १६ वटा कामहरुको सूचि निकालेपछि अब विद्यालयमा आयोजना हुने कार्यक्रमहरुमा प्रतिबन्ध लाग्ने भएकोछ । चैत १० गते निर्णय गरी सामुदायिक विद्यालय व्यवस्थित शाखा सानोठिमीले जारी गरेको यी कामहरुमा मञ्चमा अति कम मानिस मात्र बस्ने ब्यवस्था मिलाउनुपर्नेछ र को कहाँ बस्ने पहिले नै निर्धारण गर्नुपर्नेछ। अतिथिहरु कार्यक्रम सुरु ...
  • एक वर्षमा तीन लाख बालबालिक… Mar 25, 2016 Arthatantra
    काठमाण्डौं ।  एक वर्षमा झन्डै तीन लाख बालबालिकाले विद्यालय छाडेका छन्। शिक्षा विभागले तयार पारेको ०७२ को फ्लास–१ रिपोर्टअनुसार एकै वर्षमा एकदेखि १० कक्षासम्म भर्ना भएका दुई लाख ९८ हजार एक सय २३ जनाले बीचैमा पढाइ छाडेका छन्। प्राथमिक तहमा सबैभन्दा धेरै विद्यार्थीले बीचैमा कक्षा छाडेका छन्। ०७१ सालमा प्राथमिक तहमा छात्रा र छात्र गरी कुल ५३ लाख ३५ हजार तीन ...
  • किशोरावस्थामै विवाह हुने … Mar 23, 2016 Arthatantra
    काठमाण्डौं । ५ दिने नेपाल भ्रमणमा आएका बेलायतका राजुकमार ह्यारीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त रुपमा बालिका सम्मेलन उद्‍घाटन गर्दै शिक्षाको माध्यमबाट मात्र गरिवी, अशिक्षा र शक्तिहीनतासँग लड्न सकिने बताएका छन् । किशोरावस्थामै विवाह हुने बालिका घरमै बस्ने बताउँदै उनले बालिका शिक्षामा जोड दिएका हुन् । उनको भाषणको पूर्ण पाठ : बालिका र किशोरीहरुले भोगेका केही चुनौतीका बारेमा खुला बहस गरौं। विश्वभर ...
  • अब भाडाको घरमा स्कुल चलाउन… Mar 21, 2016 Arthatantra
    काठमाडौँ। घर या कोठा भाडामा लिएर अब निजी विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । शिक्षा मन्त्रालयले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ जारी गर्दै निजी विद्यालयका लागि आफ्नै घरजग्गा हुनु अनिवार्य भएको जनाएको छ । शिक्षा विभागका निर्देशक एवं प्रवक्ता वैकुण्ठ अर्यालले काठमाडौं उपत्यका तथा सहरी क्षेत्रमा गल्लीगल्लीमा, कोठाकोठामा असुसरक्षित तरिकाले निजथी स्कुल चलाउँदा जोखिम देखिएकाले शिक्षा मन्त्रालयले निजी ...
  • विद्यार्थीका लागि १ करोडक… Mar 15, 2016 Arthatantra
    अस्ट्रेलिया । यहाँ स्थित एन आर एनले विद्यार्थी हितका लागि एक करोडको अक्षयकोष खडा गर्ने भएकोछ । उच्च अध्ययनका लागि यहाँं आउने नेपाली विद्यार्थीको हक, हित तथा उनीहरुको सबै खाले समस्या समधानका लागि सो रकम खर्चिने योजना सहित अक्षयकोष खडा गर्न लागिएको हो । यसका लागि एन आर एन अस्ट्रेलियाको आयोजनामा राष्ट्रव्यापी ुवाक फर वेलफेयरु कार्यक्रमको हुने भएको छ। अस्ट्रेलियाको सिड्नी ...
  • आयोगद्वारा ६ सय ११ शिक्षकक… Mar 13, 2016 Arthatantra
    काठमाण्डौं । शिक्षक सेवा आयोगको हिजो बसेको बैठकले पाँचै विकास क्षेत्रका ६ सय ११ शिक्षक पदका लागि दरखास्त आब्हान गर्ने निर्णय गरेकोछ । २०६३ बैशाख १० पछि रिक्त रहेका मावि शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि विज्ञापन खोलिएको आयोगले जनाएको छ । विभिन्न १४ विषयमा शिक्षक माग गरिएको छ र यस मध्ये सबै भन्दा धेरै विज्ञानका लागि १ सय ५० पदका लागि आबेदन ...

[aas_zone zone_id=”6988″]