"/>

१६० प्रतिशत हकप्रद पश्चात कती पुग्छ प्राइम लाइफको पुँजी?

काठमाडौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ६१ करोड स्पैया बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीलाई धितोपत्र बोर्डले माघ २८ गते आईतबार १६० प्रतिशत हकप्रद विक्री गर्न अनुमति दिएको हो ।

इन्स्यारेन्सले हाल कायम पूँजीको ३२.५ प्रतिशत र १६० हकप्रदले समेत पाउने गरि समायोजित बोनसदर १२.५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरिसकेको छ ।

प्राइम लाइफले एक बराबर एक दशमलव ६ कित्ता अनुपातमा ६१ लाख दुई हजार एक कित्ता हकप्रद सेयर जारी गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकको जिम्मेवारी प्रदान गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइमले ११ करोड ५१ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

हकप्रद बिक्री र बोनस सेयर पूँजीकरण पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

२०७४ माघ २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com