"/>

२४ करोड ६७ लाखको कारोबार हुदा चार अंकले घट्यो शेयर बजार

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज पनि नेप्से परिसूचक ४.४२ अंकले घटेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक लगातार ओरालो लागेर एक हजार ३८० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७४ अंकले घटेर २९२ अंकमा पुगेको छ ।

आज कूल १५६ कम्पनीको छ लाख ८४ हजार २८ कित्ता शेयर रु २४ करोड ६७ लाख ६ हजार ७८१ मूल्यमा कारोबार भएको छ ।

आज व्यापार ४.७२, विकास बैंक ६.७६ र अन्य समूह ३.९३ अंकले उकालो लागेको थियो भने बैंकिङ चार, होटल ९.२८, जलविद्युत् १.७४, फाइनान्स २.१६, बीमा ७३.०३, उत्पादन १४.६३ र माइक्रोफाइनान्स ६.७ अंकले ओरालो लागेको छ ।

 

 

२०७४ माघ २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com