back
NMB ad

अनौपचारिक शिक्षा कार्यक्रमको सवा करोड रोक्का

Kumari bank ad

धनुषा । जिल्ला शिक्षा कार्यालय धनुषाले कार्यक्रम सञ्चालन नगरेको भन्दै झन्डै एक सय गैरसरकारी संस्थाकोे एक करोड १८ लाख रोक्का गरेको छ । गत वैशाखदेखि असारसम्म सञ्चालन गरिएको भनिएका साक्षर अभियान नेपालअन्तर्गत अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन नगरेको शिक्षा कार्यालयको दाबी रहेको छ ।

तत्कालीन जिल्ला शिक्षा अधिकारी शङ्कर कार्कीले काम नगरेको संस्थाको रकम निकासा नगर्न निर्देशन दिएका थिए । छानविन गर्दै कार्यक्रम सञ्चालन गरेको संस्थाको रकम फुकुवा गर्दै जान भने पनि जिशिअ कार्कीको सरुवा भएपछि कार्यालयका कर्मचारीले त्यसतर्फ ध्यान नदिएको हुँदा काम गरेका संस्थाहरुले पनि निकासा नपाएको गुनासो गरेका छन् ।

कार्यक्रम सञ्चालन नगरेको भन्दै रकम रोक्का गरेको जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुले अनुगमन गरेबापत मोटो भत्ता बुझिसकेका छन् । कार्यक्रमको अनुगमनलगायत कार्यालय खर्चका लागि ५३ लाख छुट्याइएको थियो ।

यता अनौपचारिक शिक्षा कार्यक्रम सफल भएको सहायक जिल्ला शिक्षा अधिकारी दानीकान्त झाको दाबी छ । जिल्लामा अनौपचारिक शिक्षा कार्यक्रमले ८० प्रतिशत बढी सफलता हासिल गरेको कार्यक्रमको फोकल पर्सनसमेत रहेका सहायक जिल्ला शिक्षा अधिकारी झाको दाबी छ ।

धनुषालाई साक्षर जिल्ला बनाउन सहजकर्ताको तलबभत्ताबापत  चार करोड २५ लाख २२ हजार, मसलन्दमा एक करोड ७५ लाख १३ हजार, व्यवस्थापन खर्च दुई लाख ८३ हजार र कार्यालय खर्च  ५३ लाख छुट्याइएको थियो ।

शिक्षक नेताहरुले सञ्चालन गरेको झोले संस्थाहरुले निकासा पाए पनि काम गरेको संस्थाहरुको रोक्का गरिएको रकम फुकुवा गराउन जिल्ला शिक्षा कार्यालय धाउन बाध्य छन् ।

जिल्लामा कक्षा सञ्चालन नभए पनि कार्यालयले अनुगमनको पाटोमा रहेको बजेट चाहिँ खर्च गरेका छन् । कार्यक्रम सञ्चालन नगरेको संस्थाले निरक्षरलाई पनि साक्षर प्रमाणपत्र वितरण गरेका थिए ।

वि.सं.२०७२ फागुन ११ मंगलवार ०८:५२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...