back
NMB ad

अब सम्पत्ति विवरण नबुझाउने शिक्षक कारवाहीमा

Kumari bank ad

इलाम । समयमै सम्पत्ति विवरण नबुझाएका कारण इलामका २४ जना शिक्षकले पाँच हजार जरिवाना तिर्नुपर्ने भएको छ। जिल्ला शिक्षा कार्यालयले बारम्बार सम्पत्ति विवरण बुझाउन शिक्षकहरूलाई निर्देशन दिएपनि विवरण नबुझाएका कारण जनही रु पाँच हजार जरिवाना तिर्नुपर्ने भएको हो।

जिल्लामा एक हजार ५०० भन्दा बढी शिक्षक कार्यरत रहेपनि २४ शिक्षकले विवरण बुझाउन अटेर गरेका हुन्। शिक्षा मन्त्रालयले ८० शिक्षकले सम्पत्ति विवरण नबुझाएको भन्दै जिशिका इलाममा पत्राचार गरेपछि छानबिन गर्दा २४ शिक्षकले अझै पनि विवरण नबुझाएको पाइयो, जिशिकाका विद्यालय प्रशासन फाँटका प्रमुख डम्बरबहादुर सुवेदीले बताए।

सम्पत्ति विवरण बुझाउनका लागि मन्त्रालयले पठाएको तथ्याङ्कमा केहीले राजीनामा दिएको, सरुवा भएर गएका लगायतका शिक्षकको विवरणसमेत समावेश भएकाले मन्त्रालयले पठाएको सूची छानबिन गरी विवरण बुझाउन शिक्षकलाई निर्देशन दिइएको जिशिकाले जनाएको छ।

आर्थिक वर्ष सुरु भएको दुई महिनाभित्रमा स्थायी शिक्षकले सम्पत्ति विवरण भर्नुपर्ने कानुनी प्रावधान रहे पनि शिक्षकहरूले अटेर गरिरहेको पाइएको हो। सम्पत्ति विवरण नबुझाउने शिक्षकको तलबबाट जरिवाना कट्टा गरिने जिशिकाले जनाएको छ। रासस

फागुन १३, २०७२, १.००

वि.सं.२०७२ फागुन १३ बिहीवार १३:३० मा प्रकाशित

You can share this post!

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...