back
NMB ad

इ क्यानको निर्वाचन सम्पन्न, प्रकाश पाण्डे विजयी

Kumari bank ad

काठमाण्डौं । नेपाल शैक्षिक परामर्श संघ (इ–क्यान)को अध्यक्षमा प्रकाश पाण्डे निर्वाचित भएका छन् । हिजो सम्पन्न निर्वाचनमा जम्मा २ सय ५७ मत खसेको थियो ।

प्रतिद्वन्दी सरोजकुमार बस्नेतलाई २८ मतले हराउँदै विजयी भएक पाण्डेले १ सय ४२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी बस्नेतले १ सय १४ मत प्राप्त गरे ।

यसैगरी, प्रथम उपाध्यक्षमा राजेन्द्र रिजालले १ सय २८ मत प्राप्त गरी बिजयी भए । द्वितीय उपाध्यक्षमा निरज सिटौलाले १ सय २६ मत प्राप्त गरे भने तृतीय उपाध्यक्षमा विष्णुहरि पाण्डेले १ सय २३ मत प्राप्त गरी विजयी भएका छन् ।

महासचिवमा सन्तोष प्याकुरेल विजयी भएका छन् । उनले १ सय ५५ मत प्राप्त गरेका छन् भने सचिव पदमा देविदाश भट्टराईले १ सय ६२ र वस्नेत समुहबाट उमेश ढुङ्गेलले १ सय १७ मत प्राप्त गरी विजयी भएका छन् ।

यसैगरी, गरी कोषाध्यक्षमा खड्ग ताम्लिङ लिम्बुले १ सय ४१ मत प्राप्त गरे भने सह–कोषाध्यक्षमा रमेश वाग्लेले १ सय ४० मत प्राप्त गरी विजयी भएका छन् । इ–क्यानको सदस्यहरुमा दीपकराज भुषाल, कमला बस्नेत, निरुपमा महर्जन, गोविन्द अधिकारी, प्रकाश श्रेष्ठ, भरत ढकाल र पुष्पराज भट्टराइ विजय भएका छन् ।

१६ फागुन २०७२, १२.००

वि.सं.२०७२ फागुन १६ आइतवार १२:३९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...