back
NMB ad

एक वर्षमा तीन लाख बालबालिकाले पढाइ छाडे

Kumari bank ad

काठमाण्डौं ।  एक वर्षमा झन्डै तीन लाख बालबालिकाले विद्यालय छाडेका छन्। शिक्षा विभागले तयार पारेको ०७२ को फ्लास–१ रिपोर्टअनुसार एकै वर्षमा एकदेखि १० कक्षासम्म भर्ना भएका दुई लाख ९८ हजार एक सय २३ जनाले बीचैमा पढाइ छाडेका छन्।

प्राथमिक तहमा सबैभन्दा धेरै विद्यार्थीले बीचैमा कक्षा छाडेका छन्। ०७१ सालमा प्राथमिक तहमा छात्रा र छात्र गरी कुल ५३ लाख ३५ हजार तीन सय ५५ विद्यार्थी भर्ना भएका थिए । जसमध्ये एक लाख ६९ हजार तीन सय ७९ जनाले बीचैमा कक्षा छाडेका छन्। ‘ड्रपआउट’ गर्नेमध्ये ८३ हजार चार सय ८२ छात्रा र ८५ हजार आठ सय ९७ जना छात्र छन्।

एक कक्षा भर्ना भएपछि स्कुल जाँदैनन्

सबैभन्दा बढी कक्षा एकमा भर्ना भएका विद्यार्थीले पढाइ छाडेका छन्। निम्नमाध्यमिक तह (कक्षा ६–८) मा ०७१ सालमा १८ लाख ३५ हजार तीन सय १३ भर्ना भएकामा ८२ हजार आठ सय ४४ जनाले बीचैमा पढाइ छाडेका छन्। जसमध्ये छात्रा ४० हजार सात सय ८० र छात्र ४२ हजार ६४ जना छन्।

माध्यमिक तह (९–१०) मा ०७१ सालमा नौ लाख पाँच सय ८५ जना भर्ना भएका थिए, तीमध्ये वर्षको अन्तसम्ममा कुल ४५ हजार नौ सयले पढाइ छाडेका छन्। जसमध्ये छात्रा २३ हजार ६ सय ६७ र छात्र २२ हजार दुई सय ३३ जना छन्।

विद्यार्थी संख्या घट्दो

केही वर्षयता नेपालमा प्राथमिक तहमा विद्यार्थी संख्या घटिरहेको छ। तर, ड्रपआउट गर्नेको संख्या भने बढ्दो छ। शिक्षा क्षेत्रमा धेरै लगानी गरे पनि विद्यालय पुगेका विद्यार्थीलाई कक्षाकोठामा टिकाइराख्न सफलता पाउन सकेको छैन। विभागको ०७१ को रिपोर्टअनुसार कक्षा एकदेखि १० सम्ममा एक वर्षमा तीन लाख ४२ हजार ६ सय ३२ विद्यार्थीले बीचैमा कक्षा छाडेका थिए। नयाँ पत्रिका दैनिकमा समाचार छ।

प्रकाशितः २०७२ चैत्र १२

वि.सं.२०७२ चैत १२ शुक्रवार १०:२५ मा प्रकाशित

You can share this post!

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...