back
NMB ad

किन हुँदै छ विराटनगरमा आज दीपावली !

Kumari bank ad

विराटनगर । विराटनगर महानगरपालिका बनेपछि स्थानीय हर्षित भएका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले विराटनगर उपमहानगरपालिकाको स्तरोन्नति गरी महानगरपालिकामा परिणत गरेको निर्णय गरेपछि स्थानीय हर्षित भएका हुन् ।

लामो इतिहास बोकेको विराटनगर महानगरपालिका बनाउनका लागि विभिन्न राजनीतिक दलका नेता, सांसद, व्यापारिक सङ्घ सङ्गठन, सामाजिक संस्था लामो समयदेखि प्रयासरत रहेका कारण पुरानो नगरी विराटनगर महानगरपालिका बनेको हो ।

दुई लाख १४ हजार जनसङ्ख्या रहेको विराटनगरमा अब टङ्कीसिनुवारी गाउँका करिब २० हजार र जहदा–३ का आठ हजार जनसङ्ख्यालाई समावेश गरिने भएको छ । १९ वडा रहेको विराटनगरका केही वडाको सङ्ख्या बढ्नुका साथै जनसङ्ख्या दुई लाख ४० हजारको हाराहारीमा जनसङ्ख्या पुग्ने अनुमान गरिएको छ ।

विराटनगरलाई महानगरपालिका बनाउने घोषणा गरेकोलगत्तै मोरङ व्यापार सङ्घले आज साँझ विराटनगरमा दीपावली मनाउन व्यापारीलगायत नगरवासीसँग अपिल गरेको छ ।

सो सङ्घले एक विज्ञप्ति जारी गरी सरकारको सो निर्णयको हार्दिक स्वागत गर्नुका साथै महानगरपालिका बनाउनका लागि सहयोग गर्ने विभिन्न राजनीतिक दल र नगरवासीप्रति आभार प्रकट गरेको छ । यसका साथै आगामी दिनमा पनि जनहितका लागि हुने कार्यमा सङ्घ सदैव अग्रसर रहने प्रतिबद्धतासमेत प्रकट गरेको छ ।

विराटनगरलाई महानगरपालिका बनाउनका लागि सांसद अमृत अर्याल, ऋषिकेश पोखरेल, पवन शारडा, अमन मोदीलगायतका सांसद एवम् मोरङका अन्य सांसद एवम् नेताको अहम् योगदान रहेको छ ।

राजनीतिक एवम् औद्योगिक क्षेत्रको केन्द्रबिन्दुको रुपमा रहेको विराटनगर अब चार महानगर– काठमाडौँ, ललितपुर, भरतपुर र पोखराको स्तरमा पुगेको देख्दा यहाँका स्थानीय आफूलाई गौरवान्वित महसुस गर्न थालेका छन् ।
९ जेठ २०७४

वि.सं.२०७४ जेठ ९ मंगलवार ०९:३९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...