back
NMB ad

नेपाल १२२ रनले पाकिस्तानसँग पराजित

Kumari bank ad
काठमाडौं  । बंगलादेशमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत पाँचौ स्थानका लागि मंगलबारको खेलमा नेपाल पाकिस्तानसंग १२२ रनले पराजित भएको छ।
टस हारेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले दिएको दुई सय ५९ रनको चुनौती  पच्छ्याएको नेपाली युवाको टिम ४३.५ ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमै समेटिएपछि फराकिलो हार व्यहोरेको हो ।
 यसअघि निर्धारित ५० ओभरको खेल खेल्दै पाकिस्तानले ८ विकेटको क्षतिमा दुई सय ६८ रन बनाएको थियो ।
नेपालले पराजय भोगेपनि प्रेम तामाङको पारी उत्कृष्ट रह्यो । नटआउट रहेका अर्धसतक पुरा गर्दै ९१ बलमा ६५ रन बनाउन सफल भए ।
नेपालका लागि प्रेमबाहेक अरु सबै खेलाडीको प्रदर्शन विर्सन लायक रह्यो । प्रेमपछि सर्वाधिक स्कोर राजु रिजालको नाममा रह्यो ।
उनले १५ रनमात्र जोड्न सके । त्यसपछि सुवास कँडेलले १० रनमात्र जोडे ।अन्य कुनै पनि नेपाली खेलाडीले दोहोरो स्कोर गर्न सकेनन् ।
पाकिस्तानका लागि हसन मोसिनले ४ तथा इरफान लियाकत र सैफ अलिले २/२ विकेट लिन सफल भए ।

२०७२ माघ २६

वि.सं.२०७२ माघ २६ मंगलवार १९:०६ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...