back
NMB ad

प्रधानमन्त्री ओलीको भारत भ्रमण राजकीय हुने

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी फागुन ७ गतेदेखि हुने भारत भ्रमणलाई राजकीय भ्रमण बनाउन दुई देशका अधिकारीहरुले तयारी थालेका छन् । २०४७ सालपूर्व राजाको भ्रमणलाई मात्र भातरले राजकीय बनाएको थियो । त्यसपछि बनेका कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको भ्रमणलाई पनि राजकीय भ्रमण बनाएको थियो । दशकपछि भारतले नेपालका प्रधानमन्त्रीको भ्रमणलाई राजकीय बनाउने तयारी गरेको प्रधानमन्त्री कार्यालय समबद्ध स्रोतले जानकारी दियो ।

दोस्रो जनआन्दोलनपछि भारत पुगेका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणपनि राजकीय भ्रमण थिएन । तर गिरिजाको पहिलो भ्रमण भने भारतले राजकीय भ्रमण बनाएको थियो ।

दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, बाबुराम भट्टराई र सुशील कोइराला प्रधानमन्त्री बने । झलनाथ खनाल बाहेक सवै प्रधानमन्त्री भारत भ्रमण गरे तर कुनैपनि प्रधानमन्त्रीको भ्रमणलाई भारतले राजकीय भ्रमण बनाएन । ति सवै प्रधानमन्त्रीलाई बस्ने ब्यवस्था होटलमै गराउने गरेको थियो । तर वर्तमान प्रधानमन्त्री ओलीको भ्रमणलाई राजकीय बनाउने र राष्ट्रपति निवासमा राख्ने तयारी भारतले गरेको छ ।

प्रधानमन्त्री ओलीले ७ फागुनदेखि भारत भ्रमण गर्ने भएका छन् । ६ दिने भारत भ्रमणका बेला प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति निवासमा बस्ने भएका छन् । भारत सरकारले त्यही अनुरुप ब्यवस्था गरेको जानकारी नेपाल सरकारलाई गराएको थियो ।

फागुन ७ गते प्रजातन्त्र दिवस समारोहमा सहभागी भई प्रधानमन्त्री अपराह्न नयाँदिल्ली पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले फागुन ८ गते भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । ओलीले त्यहाँका उपराष्ट्रपति हमिद अन्सारी, मन्त्रीहरू र विभिन्न दलका नेताहरूसँग पनि भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको भ्रमण दलमा रहने सदस्यको नाम परराष्ट्र र प्रधानमन्त्री कार्यालयले अझै टुंग्याउन सकेका छैनन् । ‘सकेसम्म भ्रमण टोली सानो बनाऊँ भन्ने हाम्रो मन्त्रालयको सुझाव छु, परराष्ट्रका ती अधिकारीले भने ।

भ्रमण टोली जम्बो

भ्रमणमा सत्ता साझेदार दलका नेतादेखि व्यापारी र विपक्षिसम्म समेट्दा प्रधानमन्त्रीको भ्रमण टोली जम्बो हुने भएको छ । प्रधानमन्त्रीका साथ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत र अर्थमन्त्री विष्णु पौडेल जानेछन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्कालाई टोलीमा समावेश गरिनेछ । एमालेबाट सांसदहरू लालबाबु यादव र राजन भट्टराई टोलीमा छन् । एमाओवादी, जनमोर्चा, राप्रपालगायत चार दलका चार सांसद भ्रमण टोलीमा हुनेछन् । प्रधानमन्त्रीकै दलका एक मन्त्री र अन्य दुई प्रमुख दलका मन्त्री पनि टोलीमा छन् ।

टोलीमा सहभागी हुने २० व्यापारी आफ्नै खर्चमा जानेछन् । सरकारी खर्चमा जाने टोली नै ३० जनाभन्दा बढीको हुनेछ । व्यापारीको बस्ने र खाने व्यवस्था उनीहरूले नै गरेपनि त्यहाँको यातायात र अन्य समन्वय सरकारी पक्षले नै गरिदिने हो ।

३ फागुन २०७२/९:३० 

वि.सं.२०७२ फागुन ३ सोमवार ०९:३२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...