back
NMB ad

भोलिदेखि सिंहदरबारभित्र रहेका ४०० कुकुर व्यवस्थापन गरिने

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिदेखि सिंहदरबारभित्र रहेका सामुदायिक कुकुरको व्यवस्थापन सुरु गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी सिंहदरबारभित्र रहेका झन्डै ४०० कुकुरको व्यवस्थापन गर्न लागेको जानकारी गराएको हो । भोलिदेखि सुरु गर्न लागिएको उक्त कार्यक्रममा पहिलो चरणमा ४० वटा पोथी कुकुरलाई बन्ध्याकरण गर्ने र त्यसपछि निरन्तररुपमा अन्य कुकुरको पनि व्यवस्थापन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सोही अवसरमा महानगरका निमित्त कार्यकारी प्रमुख सनतकुमार थापाले व्यवस्थापनको प्रक्रियालाई प्रभावकारी बनाउन सम्बन्धित निकाय र सर्वसाधारणले पनि सहयोग गर्नुपर्ने बताउँदै निकट भविष्यमा नै सहरको अन्य स्थानमा यस कार्यक्रमलाई अगाडि बढाउने जानकारी गराए ।

थापाले भने, ‘समय समयमा सिंहदरबारमा रहेका कुकुरका कारण उच्च व्यक्तिको सवारी हुँदा समस्या ल्याएको छ ।’ त्यसैले व्यवस्थापनको कार्यलाई अघि बढाउन लागिएको हो । ‘सहरमा बसोबास गर्ने मानिसले कुकुर पाल्ने रहर गर्ने र पालेको कुुकुर बुढो र बिरामी भएपछि त्यसलाई सडकमा छोड्ने बानीले गर्दा पछिल्लो समय काठमाडौँ उपत्यकामा कुकुरको सङ्ख्यामा वृद्धि भएको हो’, जनस्थ्य महाशाखा प्रमुख हरि श्रेष्ठ भने ।

घरपालुवा र सामुदायिक गरी हाल काठमाडौँ उपत्यकामा करिब चार लाख कुकुर रहेको अनुमान गरिएको छ ।

प्रकाशितः २०७२ फाल्गुन २०

वि.सं.२०७२ फागुन २० बिहीवार १६:२४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...