back
NMB ad

भ्यालेन्टाइन डेका लागि भारतबाट ४० लाखको गुलाफ भित्रिँदै

Kumari bank ad
काठमाडौं । फेब्रुरअरी १४ तारेखमा पर्ने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस नजिकिंदै गर्दा गुलावको अभाव भएपछी यो वर्ष भारतबाट एकलाख वटा रातो गुलाफ ल्याइने भएको छ ।
 
गर्मी समयमा नेपालमा उत्पादन हुने फूलले नै माग पूरा गर्ने भए पनि जाडोको समयभर बढी मात्रामा रातो गुलाफ प्रयोग हुनेभएकाले भारतबाट फूल आयात गर्न लागिएको फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिए । आयात गर्न लागिएको एकलाख फूलको मूल्य ३० लाखदेखि ४० लाख रुपैयाँ पर्छ।
 


फेब्रुरअरी १४ तारेखको दिन प्रेमी प्रेमिकाले उपहारको रुपमा एक आपसमा रातो गुलाफ आदान प्रदान गर्ने गर्दछन् । हाल नेपालमा रातो गुलाफ दैनिक पाँच हजारदेखि सात हजार आवश्यक पर्ने उनले बताए । गर्मीको समयमा स्वदेशी उत्पादनले र जाडोको समयमा भारतबाट आयात गरी माग पूरा गर्ने गरिएको छ । फूल आगामी मङगलबारसम्म आइसक्नेछ। 
 
गतवर्ष पनि प्रणय दिवसका लागि भारतबाट एक लाख वटा नै रातो गुलाफ ल्याइएको गैरेले बताए । बर्सेनी आयात कम गर्ने भनिएपनि भूकम्पका कारण यसवर्ष फूलखेती त्यति फस्टाउन नसकेकाले गत वर्षको जतिनै फूल आयात गर्नु परेको अध्यक्ष गैरेले बताए।
 
नेपालमा वार्षिक चार करोड रुपैयाँ बराबरको फूलको आयात हुँदै आएको छ। विदेशबाट आयत गरिएको र स्वदेशमा नै उत्पादनभएको गरी एक अर्ब ३० करोडको फूलको वार्षिक कारोबार हुँदै आएको छ।
 
रातो गुलाफको विशेषगरी काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला, काभ्रेपलाञ्चोक र चितवनमा व्यावसायिक रुपमा खेती हुँदै आएको छ।

२६ माघ २०७२

वि.सं.२०७२ माघ २६ मंगलवार १०:२७ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...