back
NMB ad

मानवअधिकार सञ्जालको निर्माण

Kumari bank ad

धादिङ । मानवअधिकार, भूकम्पपछि मानबीय सहायता र पुननिर्माणका विषयमा छलफल वहस मानवअधिकार अनुगमन गरी सरोकारवालाहरुलाई सुझाव दिनका लागि जिल्ला स्तरमा १३ सदस्यीय मानवअधिकार संजालको निर्माण गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि सीताराम अधिकारीको संयोजकत्वमा निमाण गरिएको मानवअधिकार सञ्जालमा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली, सहयात्री समाजका राधिका सापकोटा, वरिष्ट मानवअधिकारकर्मी रमेश अधिकारी, दलित सेवासंघका अध्यक्ष श्याम मगराती, रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, दलित महिला संघका अध्यक्ष विमला नेपाली, अपाङ्ग महिला संघका सम्झना रिजाल, समग्र विकास सेवा केन्द्रका कबि पुडासैनी, दलिसमाज कल्याणसंघका बलबहादुर सुनार लगायतका विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितता रहेको छ ।

मानवअधिकार संजालको निर्णय अनुसार ज्यामरुङ गाविस कार्यालयमा फागुन १४ गते सार्वजनिक सुनुवाइ गर्ने निर्णय गरिएको छ । सरकारले लागु गरेको विभिन्न कार्यक्रमसंगै पुनरनिर्माण सम्बन्धी विषय र मानवअधिकारका विषयहरुमा छलफल तथा अनुगमन र सरोकारवालाहरुलाई मानवअधिकारप्रति ध्यान दिन आग्रह गर्नेछ ।

फागुन १३, २०७२, १२.००

वि.सं.२०७२ फागुन १३ बिहीवार १२:०४ मा प्रकाशित

You can share this post!

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...