back
NMB ad

बंगबन्धु गोल्डकल्पमा म्यान अफ दि टुर्नामेन्ट बन्ने नवयुग को हुन् ?

Kumari bank ad

माघ ८, काठमाडाैं । सेमीफाइनलमा ३ र फाइनलमा १ गोल गरेका नवयुग श्रेष्ठ प्रतियोगिताकै सबैभन्दा धेरै गोलकर्ता र ‘मस्ट भ्यालुएबल प्लेयर’ अर्थात् म्यान अफ दि टुर्नामेन्ट बने । सेमिफाइनलमा ३ गोल गरेका नवयुग सेमिफाइनलमा पनि म्यान अफ दि म्याच भएका थिए ।

नवयुग नेपाली आर्मीका खेलाडी हुन् । फाइनल खेलमा निकै राम्रो प्रदर्शन गरेका विमल म्यान अफ दि म्याच बने । फाइनलमा उनले एक गोल गरे भने अर्कोमा ‘असिस्ट’ गरेका थिए । विमलले सुदूरपश्चिमबाट राष्ट्रिय लिग खेलेका थिए ।

विमलको कप्तानीमा नेपालले साफ अन्डर–१९ च्याम्पियनसिप जितेको थियो । उनले बेल्जियमका एन्डरलेच्त लगायत तीन क्लबमा प्रशिक्षण पनि लिएका थिए ।

अाखिर काे हुन् नवयुग

नेपाललाई अन्तर्राष्ट्रिय फुटबलमा एउटा उल्लेखनीय सफलता दिलाउन नवयुग श्रेष्ठकाे मुख्य योगदान रह्यो। बंगलादेशमा अाज सम्पन्न बङ्गबन्धु गोल्डकपको उपाधी नेपाललाइ दिलाउन  सेमिफाइनलमा ३ र फाइनलमा १ गाेल श्रेष्ठले गरे ।

यसै वर्ष अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका उनले अहिलेसम्म नेपाली राष्ट्रिय टोलीबाट ७ वटा खेल मात्र खेलेका छन्। २५ वर्षे यी युवाले यसै वर्ष भारतसँग भएको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए।

विङ्गर र फरवार्डको रुपमा तीब्र गति र आक्रमक शैलीमा खेल्ने उनी विपक्षीहरुका लागि सधैँ खतरनाक मानिन्छन्। यसअघि श्रीलंकालाई हराउँदा पनि नवयुगले प्रहार गरेको बल गोल पोस्टमा लागेर फर्किएको थियो। पाेस्टबाट फर्किएको बललाई विमल घर्तीमगरले प्रहार गर्दा त्याे गोलमा परिणत भएको थियो। त्रिभुवन आर्मी क्लब फुटबल टोलीका सदस्य उनी क्लबका लागि फरवार्डको रुपमै खेल्ने गर्छन्।

खेलाडीलाई एन्फाको ५/५ लाख 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगबन्धु गोल्डकल्प जितेको नेपाली टिमका सबै खेलाडीलाई ५–५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । टिमका २३ खेलाडी दुई प्रशिक्षक (बालगोपाल महर्जन र उपेन्द्रमान सिंह) र एक चिकित्सकले ५–५ लाख रुपैयाँ पाउने छन् ।

एन्फाका कार्यबहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले भने, ‘२३ वर्षपछिको यो जितले हामी उत्साहीत भएका छौं । खेलाडीले खेल पनि धेरै राम्रो खेले । उनीहरुलाई सम्मान गर्नुपर्छ ।’

यसअघि नै राष्ट्रिय खेलकुद परिषद्ले उपाधि जितेमा टिमका खेलाडीलाई २-२ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।

प्रधानमन्त्रीको पनि बधाई
बंगबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टिमले ऐतिहासिक जीत हासिल गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले खुसी व्यक्त गरेका छन् ।

बहराइनको यू–२३ टिमलाई ३–० को जीत हासिल गरेर नेपाली टिमले सफलता हात पारेकोमा प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बधाई ज्ञापन गरेका हुन् । ‘२३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त यो सफलताप्रति नेपाल सरकार र उहाँको व्यक्तिगत तर्फबाट पनि प्रधानमन्त्रीले बधाइ दिनु भएको’ प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जनाएका छन् ।

प्रधानमन्त्रीले सरकारको तर्फबाट खेलकुदको प्रवद्र्धनका लागि सदैव सहयोग रहने विश्वास दिलाएको विज्ञप्तीमा उल्लेख छ ।

वि.सं.२०७२ माघ ८ शुक्रवार २०:३० मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...