back
NMB ad

सानाकिसान सहकारी सिद्धलेक ४ को साधारण सभा सम्पन्न 

Kumari bank ad

विवेक अर्याल, धादिङ ।
साना किसान कृषि सहकारी संस्था सिद्धलेक ४ को १८ औं वार्षिक साधारणसभा तथा ७ औ अधिबेशन आरुवासटारमा सम्पन्न भएको छ ।

धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सदस्य तथा नेकपा एमाले धादिङको कार्यवाहक अध्यक्ष भुमी प्रसाद त्रिपाठी तथा नेपाल कृषि सहकारी संघ नेपाल्का केन्द्रीय अध्यक्ष एबम् साना किसान विकास वैकका अध्यक्ष खेम बहादुर पाठकले कार्यक्रमको उद्घाटन गरे । साना किसान कृषि सहकारी संस्था सिद्धलेक ४का अध्यक्ष डिल्ली प्रसाद पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा धादिङ प्रतिनिधि सभा, प्रदेश सभा ख का सदस्य तथा माओवादी केन्द्र धादिङको अध्यक्ष शालिकराम जमकट्टेल, एमाले धादिङको नेता कृष्ण अर्याल , साना किसान सहकारी संघ धादिङको अध्यक्ष रङ्ग थपलियाको आतिथ्यता रहेको थियो ।

संस्थाले आर्थिक वर्ष ०७३र०७४को कुल आम्दानी २ करोड ८२ लाख ५७हजार ५६,  कुल खर्च २ करोड २१ लाख ५६ हजार २सय ४८ र शुद्ध नाफा ६१लाख ८ सय ७ रुपैयाँ रहेको सस्थाको प्रबन्धक गोपाल सिल्वालले जानकारी दिए।

सलाङ गाविसलाइ लक्षित गरि २०५५ सालमा स्थापना गरिएको सहकारिमा हाल सम्म २२४ समुह , १४०० शेयर शदश्य रहेको र छिमेकी गाविसहरु नलाङ र बेनिघाटमा समेत आफ्नो कार्य क्षेत्र विस्तार गरिएको सस्थाको अध्यक्ष डिल्ली पाठकले जानकारी दिए । साधारणसभामा कृषि क्षेत्रमा उच्च प्रगतिशील ५ जना किसानहरुलाई प्रशम्सा स्वरुप अत्याधुनिक कृषि उपकरण , नगद र प्रशम्सा पत्र द्वारा सम्मान गरिएको थियो ।

अन्र्तराष्ट्रिय पारिवारिक वर्ष २०१४ को वृहत् कार्यक्रम धादिङबेसीमा उत्कृष्ट सहभागिता जनाए बापत जिल्ला प्रथम हुन सफल साना किसान सलाङ धादिङ जिल्लामा मात्र नभइ सिङ्गो नेपालमै नमुना सहकारीको रुपमा चिनिएको छ ।
महिनाको एकदिन भविश्यको लागि बचत गरौं , सबल र सक्षम संस्था निर्माण गरौं भन्ने नारा लाई साना किसान परिवारमा गुन्जायमान गर्दै सस्थाले नयाँ नयाँ बचतको योजना अघि सारेको र जसका कारण मासिक रुपमा रु ५०० देखि रु ३००० सम्म बचत गर्ने शदश्यहरुको आर्थिक सामाजिक शैक्षिक र स्वास्थ स्थितिमा परिवर्तन भएको र सदस्यहरुको अदम्य साहस र संचालक समितिको समय अनुसार निर्णय गरि कार्यन्वयन गर्न सक्ने दुरदर्शिताले आज संस्था उदाहरणिय बन्न सफल भएको छ।
सलाङ गाविसमा १ घर १ शदश्य र १ टोल १ अन्तर समुहको अबधारणा रहेको संस्थाको आफ्नै कार्यलय पक्कि भवन , आफ्नै सहकारी भवनमा तालीम तथा सेमिनार हल , पृथ्वी राजमार्गमा आफ्नै सहकारी पसल , १ र ९ नम्बर वडामा अन्तर समूह भवन रहेको सस्थाको प्रबन्धक गोपाल सिलवालले बताए ।
साधारणसभामा रास्ट्रीय लोक तथा दोहोरी गायक अमृत खाती र लोक गायिका मधु क्षेत्रीले सहकारीको विषयमा बेजोड लोक प्रस्तुति प्रस्तुत गरेका थिय ।
उद्घाटन सत्र सकियपछि सहकारीको बन्दसत्र चल्दै छ, आजै सहकारीको नया कार्य समीती चयन गर्ने सहकारीको अध्यक्ष डिल्ली पाठकले जानकारी दिनुभयो ।

वि.सं.२०७४ पुस ४ मंगलवार १६:३८ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...