back
NMB ad

स्थानिय उत्पादनका साथै कला र संस्कृति सहित पर्यटकको पर्खाइमा पञ्चासे

Kumari bank ad

पर्वत । पञ्चासे क्षेत्र घुम्न आउने पर्यटकलाई लक्ष्य गरी सञ्चालन गरिएको चित्रेको होमस्टे सेवा प्रभावकारी बन्दै गएको छ ।

गाउँको उत्पादनका साथै स्थानीय कला र संस्कृतिमा रमाउन पाइने भएपछि पर्यटक आकर्षित हुन थालेका हुन् । होमस्टे सेवा शुरु गरेपछि गाउँमा आउने पर्यटकको संख्या बढ्न थालेसँगै स्थानीयमा समेत उत्साह बढेको छ ।

होमस्टेसहितको न्यानो अतिथि सत्कारको प्रबन्ध भएपछि गाउँमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । सदरमुकामबाट ११ किलोमिटर पक्की सडक र सात किलोमिटर गोरेटोबाटो हिँडेपछि चित्रे पुग्न सकिन्छ ।

पञ्चासेको फेदीमा रहेको चित्रे गाउँमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी आउने गरेको होमस्टे सञ्चालक विष्णुकुमारी गुरुङ बताउछिन् । घुम्न आउने पाहुनालाई उचित गाँसबास र कपासको व्यवस्थापन गर्नकै लागि होमस्टे सञ्चालनमा ल्याइएको उनले बताइन् ।

ग्रामीण क्षेत्रको बसाई र स्थानीय उत्पादनको उपभोग गर्न पाइने भएपछि आन्तरिक पर्यटकको संख्या बढेको स्थानीयवासी बताउँछन् । पञ्चासे अवलोकनका लागि आउने पर्यटकलाई खाना र बस्नको लागि असुविधा हुन थालेपछि गाउँमा होमस्टेको शुरुवात गरिएको शिक्षक मधुसुधन अधिकारीले बताए ।

अहिले चित्रेमा वार्षिकरुपमा तीन हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको चित्रे ग्रामीण पर्यटन होमस्टेको तथ्यांकमा उल्लेख छ ।

पाहुनाका लागि स्थानीयस्तरमा उत्पादन हुने खाना, लोकल कुखुरा, कोदो र मकैका परिकारले स्वागत सत्कार गर्ने गरिएको छ । विसं २०६६ मा एउटा घरबाट शुरु गरिएको होमस्टे हाल १० वटा घरमा फैलिएको छ ।

होमस्टेमा अहिले एक पटकमा ६५ जनालाई बस्न सक्ने गरी व्यवस्था मिलाइएको छ । आगामी दिनमा अन्य घरमा समेत विस्तार गर्ने योजना रहेको सञ्चालक समितिका अध्यक्ष सुशीला गुरुङले बताइन् ।

पछिल्लो समयमा जिल्लास्तरमा हुने गोष्ठी, सेमिनार र अन्तरक्रिया कार्यक्रमसमेत पर्यटकीय गाउँ चित्रेमा आयोजना हुन थालेपछि स्थानीयवासीको सहभागितामा बहुद्देश्यीय सामुदायिक भवन निर्माण गरी खाना खुवाउने तथा कार्यक्रम गरिँदै आएको छ ।

सुन्दर तथा प्राकृतिक उक्त क्षेत्रको विकास र होमस्टे प्रवद्र्धनमार्फत स्थानीयवासीको जीविकोपार्जन तथा ग्रामीण पर्यटनको सम्भावना बढाउन सरकारले विशेष नीति ल्याउनुपर्ने स्थानीयवासीको माग छ ।

अग्ला हिमाली डाँडा, मनोरम ग्रामीण परिवेश, दुर्लभ र बहुमूल्य जडीबुटी पाइने पञ्चासेको घना जंगल र न्यानो आतिथ्यताका कारण यहाँ आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुँदैगएको छ ।

२०७४ माघ २५ गते प्रकाशित

वि.सं.२०७४ माघ २५ बिहीवार १७:३६ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...