back
NMB ad

स्थापनको ५ महिनामै ६६ करोडको आईपीओ निष्काशन गर्ने ज्योति लाइफको प्रस्ताव, कहिले आउँछ बजारमा ?

Kumari bank ad

काठमाडौ । दुई अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको ज्योति लाइफ इन्स्योरेन्सले ३० प्रतिशत आईपीओ जारी गर्ने भएको छ । कम्पनीको चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) निष्कासन गर्ने विशेष प्रस्ताव प्रथम बार्षिक साधारण सभाले पारित गरेको छ ।

धितोपत्र बोर्डबाट अनुमति लिने, धितोपत्र व्यवसायीसँग सम्झौता गर्ने, बिक्रि प्रबन्धक तोक्ने लगायतका आईपिओ निष्कासनका सबै प्रकृयाहरुका लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

६६ लाख कित्ता आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गरेको कम्पनीको सेयर संरचना अनुसार संस्थापक स्वामित्वको ७० प्रतिशत बराबरको एक अर्ब ५४ करोड रुपैयाँ संस्थापक सेयरको पूँजी भने चुक्ता भैसकेको छ ।

कम्पनीको सञ्चालकमा कल मोबिलिटीका तर्फबाट पशुपति मुरारका, नन्दकिशोर शर्मा, आकाश गोल्छा र शर्मिला महर्जनलाई निर्विरोध चयन भएका छन् ।

गत असोज ८ गतेदेखि औपचारिक रुपमा जीवन बीमा व्यवसाय सुरु गरेको ज्योति लाइफले एक बर्षपछि मात्र सर्वसाधारणमा आइपिओ निष्काशन गर्ने छ ।

कम्पनीले आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेपनि नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको दफा ९ को उपदफा ३ अनुसार बीमा कम्पनी सञ्चालनमा आएको एक वर्ष नपुगी आईपीओ निष्कासन गर्न नपाउने व्यवस्था छ ।

 

२०७४ फागुन २ गते प्रकाशित

वि.सं.२०७४ फागुन २ बुधवार २१:३२ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...