back
NMB ad

२० बुदें अमलटारी घोषणापत्र जारी गर्दै सकियो प्रथम राष्ट्रिय होमस्टे सम्मेलन

Kumari bank ad

नवलपरासी । पर्यटकीय क्षेत्रका लागि सरकारले कुल बजेटको बीस प्रतिशत बजेट विनियोजित गर्नुपर्ने माग सहितको २० बुंदे अमलटारी घोषणा पत्र जारी गर्दै होमस्टे एशोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलन सकिएको छ ।

शनिवार देखि पर्यटकीय गन्तब्य थारु गाउँ अमलटारीमा भएको सम्मेलनले प्रकृति, संस्कृति र जैविक कृषि प्रणालीलाई प्रोत्साहन गर्ने र मौलिकतामा आधारित पर्यटन प्रवद्र्धनमा जोड दिन सरोकारवालाहरुलाई आब्हान गरेको छ । होमस्टे पर्यटनको ग्रामीण तथा शहरी जीवनको दीगो जीविकोपार्जन गर्दै दुलर्भ वन्यजन्तु संरक्षण तथा जलवायु परिवर्तन संग जुध्नका लागि सम्मेलनले आब्हान गरेको छ होमस्टे एशोसिएसन नेपालका महासचिव प्रेमशंकर मर्दनियाथारुले भने–‘ग्रामीण क्षेत्रलाई होमस्टे मैत्री बनाउन सरकारले कार्यक्रम ल्याउनुपर्र्यो’ ।

पर्यावरणलाई नोक्सान गर्ने काम एशोसिएसनलाई सह्यै नहुने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ । ३१ जिल्लाका निजी र सामुदायिक होमस्टेका गरी एक सय ५० होमस्टेका प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब तीन सय प्रतिनिधि सम्मेलनमा सहभागी भएका थिए । ३८ जिल्लामा आठ सय दुई घरधुरीमा होमस्टे सञ्चालनमा रहेको छ । होमस्टेका माध्यमबाट गरिबी निवारणमा उल्लेखनीय योगदान पुगेकाले सरकारले होमस्टे मार्फत जैविक बिबिधताको संरक्षणमा सहयोग पुर्याउन आबश्यक रहेको महासचिव मर्दनिया थारुले बताए ।

धार्मिक, र साँस्कृतिक संगै पर्यापर्यटन पनि उत्रिकै महत्व भएकाले पूर्वाधार विकास कार्यक्रमलाई सरकारले ध्यान दिदा गरिबीको संख्या पनि होमस्टेले घटाउने अध्यक्ष भीम केसीले बताए । वि.स. २०६७ सालमा कपनबाट शुरु भएको संगठीत हुने अभियान वि.स. २०७० मा पोखरामा भएको थियो भने २०७२ को फागुनमा अमलटारीमा प्रथम राष्ट्रिय सम्मेलन गरिएको हो । होमस्टे सञ्चालन कार्यबिधि संशोधनको आबश्यकता भएकाले त्यो संशोधन हुदा एशोसिएनका प्रतिनिधिको सहभागीता पनि सरकारले सुनिश्चित गुर्नपर्ने माग हामीले उठाएका छौं अध्यक्ष केसीले भने ।

सम्मेलनले भीम केसीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवलपरासीको थारु होमस्टे अमलटारीमा दुई सम्म चलेको सम्मेलनले उपाध्यक्षहरुमा परशुराम चौधरी, केशब वडाल, वेदुमणी निरौला, सारदा आचार्य, बावुराजा महर्जन, धनेश्वर वस्याल, रामबहादुर चौधरीलाई चयन गरेको हो ।

महासचिव प्रेमशंकर मर्दनियाथारु, सचिव राजुकमार लामिछाने कोषाध्यक्ष, सुरज वास्तोला र सदस्यहरुमा पूर्णचन्द्र उपाध्याय, आङमाया शेर्पा, रुपेश गुरुङ्ग, चुरामणी पौडेल, कृष्ण चौधरी, कौशिला मैनाली, चुन्नु आचार्य, दिलकुमारी राना, गंगादेवी हैजु महर्जन, सोमलाल महत्तो, सुन्दरी खतिवडा, मनोस घले, रामकुमार श्रेष्ठ र धनकुमार आले चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई बधाई दिदै एमाले पर्यटन बिभाग प्रमुख सुर्य थापाले नमूना होमस्टे सञ्चालनले पर्यटकलाई समेत आकर्षण गर्ने भएकाले नमूना हुने गरी होमस्टे सञ्चालन गर्न आग्रह गरे ।

प्रत्येक प्रदेशबाट तीनवटा नमूना होमस्टे सञ्चालनले समृद्धिको आधार तयार गर्ने भन्दै नेता थापाले होमस्टेहरु ग्रामीण अर्थतन्त्रको बलियो खम्बा भएको बताए । कार्यक्रममा .टानका अध्यक्ष चन्द्र रिजाल, नेपाल पर्यटन बोर्डका सदस्य पूर्ण कुँवर, राष्ट्रिय पर्यटन ब्यवसायी संगठनका प्रथम उपाध्यक्षमा सिएन पाण्डे लगाएकाले निर्वाचित पदाधिकारीलाई बधाई दिएका थिए ।

सम्मेलनको संस्कृति ,पर्यटन तथा नागरिक उड्यनमन्त्री आनन्द पोखरेलले शनिवार उद्घाटन गरेका थिए ।

११ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन ११ मंगलवार ११:४६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...