back
NMB ad

६ महिनामै कम्पनीको लगानी भन्दा बढी नाफा, नेटवर्थ ८४३ रुपैयाँ हुँदा प्रतिसेयर आम्दानी कती ?

Kumari bank ad

काठमाडौ । गत वर्ष २६ करोड कमाएको राष्ट्रिय बीमा कम्पनीको नाफा पहिलो ६ महिनामा ११ करोडले बढेको छ ।
बिमा कम्पनीले चालु आर्थिक बर्षको ६ महिनामा ३७ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

कम्पनीले यसअवधिमा १२ करोड ८८ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको खुद बीमा शुल्क आय २१ प्रतिशतले बढी हो । जसले पुनर्बिमा कमिसनबाट १ करोड ३८ लाख आम्दानी गरेको छ ।

गत आर्थिक वर्षको यही अवधिको तुलनामा कम्पनीको खुद नाफा ४२.३७ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले २६ करोड १६ लाख खुद नाफा कमाएको थियो । दोस्रो त्रैमाससम्म कम्पनीले कुल ३ करोड ४३ लाख ८४ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको कम्पनीको रिजर्भ कोषमा १ अर्ब ९८ करोड रुपैयाँ छ । यसैगरी, बीमा कोषमा एक अर्ब २६ करोड राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १३९ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ ८४३ रुपैयाँ ११ पैसा छ ।

२०७४ फागुन १ गते प्रकाशित

वि.सं.२०७४ फागुन १ मंगलवार १८:२१ मा प्रकाशित

You can share this post!

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...