back
NMB ad

जब बादरले लुट्यो ३ लाख रुपियाँ

Kumari bank ad

काठमाण्डौं । भारतको उत्तर प्रदेशमा बादरले मान्छेसँग लुटपाट गरेको एउटा घटना घटेको छ।

उत्तर प्रदेशको मथुरा नजिकै रहेको हाथरसमा एउटा बादरले शनिवार एकजना ब्यापारीको ३ लाख रुपियाँ लुटेको छ। स्थानीयबासीले बादरलाई लामो समय लखेटेका थिए। लामो प्रयासपछि बादरले लुटेको रकम त फर्कायो तर ऊबाट पौने तीन लाख रुपियाँ मात्र बरामद भएको बताइएको छ।

सासनीको एउटा गाउँमा बसोबास गर्ने शैलेश वार्ष्णेयको नानऊ रोडमा हिन्दुस्तान युनिलीवर लिमिटेडको दोकान छ। यहाँ स्थानीयवासीहरू दैनिक खाध्यान्यलगायतका सामान किनमेल गर्न आउने गर्दछन्। लुटपाट भएको दिन शैलेशको दोकानमा एक व्यापारी तीन लाख रुपियाँको थैला बोकेर आएका थिए। उनी पैसाको थैला आफू नजिक राखेर अरु सामान किन्न व्यस्त थिए। त्यसैबेला एउटा बादर भित्र छिरेर उनको पैसाको थैला घिस्याउँदै त्यहाँबाट गायब भएको थियो।

बादरलाई समात्न गाउँका धेरै व्यक्ति पछाडि लागेका थिए। बादरले लामो समय सवैलाई छक्याएपछि अन्त्यमा पैसाको थैला एउटा घरको छतमा छोडेर भागेको थियो। पछि त्यो थैला व्यापारीलाई फिर्ता गर्दा त्यसमा २५ हजार रुपियाँ कम थियो। अहिले गाउँमा यही विषयलाई लिएर चर्चा भइरहेको छ, थैलाबाट गायब भएको २५ हजार रुपियाँ बादरले लिएर गयो कि बादर धपाउन सक्रिय व्यक्तिहरूले ?

प्रकाशितः २०७३ साउन १७

वि.सं.२०७३ साउन १७ सोमवार १४:३० मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...