back
NMB ad

लघुकथाः शेयर बजार र मायाप्रेम !

Kumari bank ad

काठमाण्डौं । आज किन किन उनको  धेरै याद आइरहेको छ र राति अबेला सम्म निद्रा नै परेन । भिन्न भिन्न स्वरुपमा उनलाई देख्छु । कहिले रातोसारीमा छपक्कै त कहिले हरियोसारीमा धपक्कै ।  जब रातोसारीमा लगाएर भित्तामा आउछिन् अनि  अंगालोमा बाधिरहन मन लाग्छ । रातोसारीमा  एउटी होइन धेरै एकै पटक आउदा त दुबिधा झन बढ्न  थाल्छ , मुटु चाडो चाडो धड्किन थाल्छ । कुन लाई अँगालो मारौ , कुन लाई अँगालो मारौ, कुनलाई लिउ, कुनलाई लिउ ? सबैले भन्ने त गर्छन । “ मुलको पानी र कुलको नानी ।”

मान्छेको जातै लोभी अझ यो शेयर बजारमा लागेको मान्छे  त झनै लोभी । जहिले पनि कुन कुलको कुन नानीले धेरै भन्दा धेरै Bonus Share , Right Share , Cash Dividend ल्याउछिन् ।  उनैलाई भित्र्याउन मन लाग्ने , उनैलाई अँगालो हाल्न मन लाग्ने ।  के यो साच्चिकै  रातोसारीको माया हो  ? आफैले आफैलाई प्रश्न सोध्न मन लाग्छ । उत्तर पनि आफै आफै  आउछ , खुट्टा भए पछि  बजारमा जुत्ता त कति कति,  यो सबै Bonus Share , Right Share , Cash Dividendको माया हो , के को  रातोसारीको  माया नी ?

जब राम्रो कुलको रातोसारीवाली लगाएको भित्र्यायो । अनि जति बेला पनि उनैलाई हेरिरहन मन लाग्ने ।  कति बेला बढ्छिन् र कति बेला हरियोसारीमा देखा पर्छिन् भन्दै  । जहिले पनि ध्यान रातोसारीमा  । यसरी सधै रातोसारीवाली लाई  Time  दिदा दिदा  , घरकि गृहलक्ष्मी रिसाउ लिन भन्ने डर । क्या हो बुढा, आजभोलि त  आखा जति रातोसारीमा घर कि लाइ त टाइम नै छैन , भनेर  ।  जति बेला पनि रातोसारीवाली कतिबेला हरियोसारिवाली हुन्छिन भन्दै हेरिरहन मन लाग्ने, के यो माया हो  ?

जब सधै रुप रंग बदलि रहने रातोसारीवाली  हरियोसारीमा धपक्कै हुन्छिन, बढेर ठुली हुन्छिन र  खुशीको सिमा नै रहदैन । क्यालकुलेटर दबाएर हिसाब निकाल्न थाल्छु । सधै भरि रातोसारिमा आखा लगायो भनिरहेने, मलाइ  Time  नै दिएन भनेर सधै किचकिच गरिरहने  गृहलक्ष्मीलाई भन्न लाग्छ , हे प्रिये अब त्यसले आफ्नो रुप बदली, रातोसारीमा आउनै छाडी । रातोसारिमा आउदा त सधै हेरिरहन्थे तर अब हरियोसारीमा आउन थाली । अह, अब त्यसलाई धेरै दिन राख्दै राख्दिन, राख्दै  राख्दिन ।  दुबैमा खुशीको सिमा नै रहदैन ।

शेयर बजारमा अवसरहरु  आइरहन्छन तर अवसरलाई समात्न जान्नु पर्छ । त्यस्तै मानव जिबनमा पनि आउने अवसरलाई समात्न जान्नु पर्छ । यसो यताउता हेर्छु , घरका मान्छेहरु केटाकेटीहरु वरिपरी नभएको अवसरलाई सदुपयोग गर्दै  गृहलक्ष्मीलाई च्याप समाएर अंगालो मार्दै भन्छु , हे प्रिये त्यो रातोसारिवाला त  PartTime मात्र हो , FullTime त तिमि नै हो । अनि दुबैका आखा बाट खुशीका आशु बर्रर  झर्छन् । दुबैले क्यालकुलेटर थिचेर हिसाब निकाल्न थाल्छौ  ।  जब रातोसारीवाली  हरियोसारीवालीमा पुगेर बेच्दा भएको मुनाफा देखाउदा त घरपरिवारमा  सबै जना खुशी अनि  दङ्ग ।

यो खुशीको पछाडि धेरै कारणहरु छन्  । शेयर किन्दा आफुले आफैलाइ कहिल्यै पनि  शेर जस्तै राजा नै  ठानिन । आफुले किनेको शेयरको मुल्य बढदा कहिल्यै शेयरबजारको ठुलै खेलाडी सम्झिन । आफुले किनेको शेयरको मुल्य घट्दा कहिल्यै आफुले आफुलाई कमजोर ठानिन र निराश पनि  भइन बरु बढ्ने समयसम्म धैर्यताका साथ कुरिरहे, त्यो समय सम्म  Bonus , Right Share जोडी रहे ।

शेयर किन्ने बेलामा कहिल्यै हतार गरिन । बरु  जहिले पनि आफुले आफैलाई प्रश्न गर्ने गर्छु,  त्यो पनि एक पटक होइन तिन तिन पटक, मैले किन्न थालेको शेयरको मुल्य बढ्ने आधारहरु के के छन् ? के मलाई प्राप्त सूचना सहि एवं यथार्थ हो ? मलाई प्राप्त सूचनाको आधारमा साच्चिकै शेयरको मुल्य बढ्ने नै हो त ?  अनि विश्लेषण गरेर मात्र म शेयर खरिदको लागि आफ्नो  ब्रोकरलाई  आदेश दिन्छु । किनेको शेयर घटे पनि कति सम्म मैले  Risk  लिन सक्छु त्यसको  पहिला नै विश्लेषण गरेको हुन्छु  र तनाव पनि हुदैन । जहिले पनि घटेको बेलामा वा बढ्न शुरु गर्दा शेयर किन्ने गर्छु र धेरै लोभ नगरी आफ्नो  Target Meet गरे पछि बेच्ने गर्छु ।

 अलि बेर गम्न मन लाग्छ , साच्चिकै मान्छेको जीवनमा पनि शेयर बजारमा जस्तै छिन छिनमा, आफुले चाहे अनुसार सजिलै श्रीमानले श्रीमती  बदल्न पाइने , श्रीमतीले श्रीमान बदल्न पाइने भए  त  मायाप्रेमको बिषयलाई लिएर यो संसारमा किन हत्या, आत्महत्या, बिष सेवन, खुकरी हानाहान, जिउदै जलाइने, दाइजोको बिषयलाई लिएर एक अबोध महिलालाई घर निकाला हुने थियो र श्र  संसार साच्चिकै सधैभरि  मुस्काइरहने एउटा फुलबारी नै बन्ने थियो, मायाप्रेमको  सम्बन्धमा ।

त्यति कै मा  फोनको घन्टी बज्छ , हतपत निद्रा बाट बिउझदै फोन रिसिभ गर्छु । उता बाट ड्राइभरले भन्छ , सर आज अफिस जानु हुन्न क्यारे हजुरलाई मैले बाहिर कुरेको करिब एक घण्टा जति  भयो  त । यसो घडि हेर्छु त १० बजिसकेको रहेछ । ल एकै छिन है भन्दै, चिया पनि नखाई  हतपत उठेर हातमुख धोइ ड्रेस लगाई अफिस तर्फ  लागे ।

प्रकाशितः २०७३ भदौ ११

 

वि.सं.२०७३ भदौ ११ शनिवार १३:५७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...