back
NMB ad

थ्रीस्टार दोस्रो चरणमा

Kumari bank ad

काठमाण्डौं । बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालको थ्रीस्टार क्लबले भारतीय टोली आयल इन्डिया फुटबल क्लबसँग १–१ गोलको बराबरी खेलेको छ ।

भारतको गुवाहाटीमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीटारले लिग चरणको दोस्रो खेलमा घरेलु क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको हो ।

थ्रीस्टारका लागि प्रतिस्थापन खेलाडी विजय गुरुङले खेलको अन्तिम समयमा गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए । उनले खेल सकिनै लाग्दा अर्थात ९० आँै मिनेटमा सुनिलले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै जाली चुमाएका हुन् ।

प्रतिस्पर्धात्मक खेलको ४२ आंँै मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै डिफेन्डर विजय धिमाल मैदान बाहिरिएपछि थ्रीस्टारले बाँकी खेल १० खेलाडीमा सीमित भएर खेलेको थियो । यसअघि २६ औं मिनेटमा विजयले पहेँलो कार्ड खाएका थिए ।

दोस्रो हाफमा विमल घर्ती मगरको स्थानमा मैदान छिरेका विजयले थ्रीस्टारका लागि गोल गर्न सफल भए र टोलीलाई हारबाट जोगाए । खेलमा अग्रता भने आयल इन्डियाले सुरुमै सातौँ मिनेटमा नै नवीन राभाको गोलबाट लिएको थियो ।

बराबरीपछि थ्रीस्टार दुई खेलबाट चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । आफ्नो पहिलो खेलमा स्पष्ट जित निकाल्न सफल भएको थ्रीस्टारले तीन अङ्क जोडेको थियो भने यो बराबरीले चार अङ्क भएको हो ।

त्यस्तै समान अङ्क भए पनि सिलोङ लाजोङ गोल अन्तरका आधारमा समूह ‘ए’को शीर्षस्थानमा छ । आइतबार हुने थ्रीस्टार र सिलोङ लाजोङबीचको अन्तिम खेलले समूह विजेता टोली टुङ्गो लगाउने छ । आयल इन्डिया २ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशितः २०७३ असोज ८

वि.सं.२०७३ असोज ८ शनिवार १६:०० मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...