"/>

बैंकले आफ्ना सेयरधनीलाई २९.५३ प्रतिशत लाभांश दिने !

काठमाण्डौं । नेपाल एसबिआइ बैंकले आफ्ना सेयरधनीलाई २९.५३ प्रतिशत लाभांस दिने भएको छ । गत आर्थिक बर्षको मुनाफाबाट बैंकले २८ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक बर्ष एक अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले प्रस्ताव गरको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल बैकको ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । २८ प्रतिशत बोनस वितरण पश्चात बैंकको पूँजी ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँको हाराहारीमा पुग्नेछ ।

प्रकाशितः २०७३ असोज १८

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com