back
NMB ad

व्यवसायिक स्वार्थका लागि कसैले पनि केबल प्रशारण रोक्न पाउँदैनः मन्त्री रिजाल

Kumari bank ad

सूचना तथा सञ्चार र प्रविधि मन्त्री मिनेन्द्र रिजालले जनताको सार्वभौम अधिकार खोस्न कसैले पनि नपाउँदै भन्दै ब्यवसायिक स्वार्थका कारण कुनै एउटा ब्यक्तिले धम्कायो भनेर यो यो च्यानल चै हेर्न पाउनु हुन्छ यो यो चै हेर्न पाउनु हुन्न भन्ने अधिकार कसैमा नभएको उनले बताए।

नेपाल टेलिभिजनसँगको अन्तर्वार्तामा मन्त्री रिजालले केबल प्रशारण टेलिभिजनहरूले भारतीय च्यानल प्रशारणमा रोक लगाएकोबारे स्पस्टीकरण माग्दा आफूले विभिनन् धम्की र गाली सहनुपरेको बताए।

केबल सञ्चालकहरूसँग च्यानल बन्द गर्ने अधिकार छैन। सबै च्यानल पहिले कसरी प्रशारण भएको थियो त्यसरी नै चलाउनु होस्। यसबारे किन बन्द गरेको हो चौविस घन्टा भित्रै स्पस्टीकरण दिनुहोस् भनेर मन्त्रालयले चिठी काटेको थियो।

‘मैले मेरो जीवनमा यति ठूलो गाली कहिलै सुनेको थिएन। सामाजिक सञ्जाल फेसबुक ट्विटरमा जहासुकै मलाई गालीको ओइरो लाग्यो। भारतीय दलाल, रको एजेन्ट, भारतीय चाकडी,मोदीको चाकडी, जागिर जोगाउनका लागि यस्तो गर्‍यो भन्ने जस्ता गाली खाएँ,’ उनले भने ।

राजनीतिमा पक्ष र विपक्ष समर्थन विरोध सबै खेपेर आएको भन्दैं मन्त्री रिजालले यस्ता आरोप र आक्रोशलाई सहज रूपमा लिएको बताए। उनले भने, ‘मलाई आक्रोश, क्रुद्ध रिस देखाउने सबै नागरिकहरूप्रति मन दुखेको छैन। उहाँले देखाएको यो आक्रोशले मुलुको स्वाधिनता, स्वतन्त्रता अझ बलियो भएर जानेछ।’

नेपाली जनता आफ्नो गर्भमा कहिलेपनि सम्झौता गर्दैन भन्ने बारे थप बढी विश्वास भएको उनले बताए।

उनले भने,‘ तर भावावेशबाट मुलुक अगाडि जाँदैन। हामीले आपूर्ति व्यवस्था सहज बनाउनु पर्छ। हामीले भारतसँगको सम्बन्धलाई अझ गहिरो बनाउनु पर्छ। अहिलेको समय भनेको बुद्धिमता प्रदर्शन गर्ने हो। यस्तो बेलामा मैले नेपाली जनताको रिमोट थिचेर यो च्यानल हेर्दिन अर्को हेर्छु भन्ने अधिकार खोस्न सक्दिनँ। राज्यले खोस्न सक्दैन। जनताको सार्वभौम अधिकार म खोस्न सक्दिनँ।’

वि.सं.२०७२ असोज १४ बिहीवार १७:३७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...