back
NMB ad

मधेसी मोर्चाको हुलाकी राजमार्गमा मानव साङ्लो

Kumari bank ad

संयुक्त लोकातान्त्रिक मधेसी मोर्चाले बिहिवार महोतरी जिल्लामा पर्ने हुलाकी राजमार्गमा मानव हाते साङलो निर्माण गरी विरोध प्रदर्शन गरेका छन्। मधेश आन्दोलनको ४८ औ दिनमा  मधेसी मोर्चाले महोत्तरी जिल्लाको पूर्वमा जलेश्वरदेखि एकडारा,मनरा,सम्सी, खैरबन्नी, रघुनाथपुर,भ्रमरपुरा,बदिया बन्चौरी, रतौली,पडौल,बलवा, खैरबन्नी, रघुनाथपुर हर्दि नदी सम्मको ३८.४७ किलोमीटर हुलाकी राजमार्गमा मानव हाते साँङलो निर्माण गरी विरोध प्रदर्शन गरेको हो।

मधेश जनताको अधिकार र पहिचान स्थापित गर्न दबाबस्वरुप आयोजित  मानव साङ्गलो प्रदर्शन कार्यक्रममा सरकार विरोधी चर्का नाराबाजीसमेत गरेका थिए।

मानव साङ्गलो कार्यक्रममा मोर्चाका कार्यकर्ता,नेता,व्यापारी,शिक्षक,युवा,नागरिक समाज तथा विभिन्न गाउँबाट स्वर्स्फतढंगले सर्वसाधारणहरु मानव सांलो बनाउन सहभागी भएका थिए।

विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाका रामसपाका कार्यकर्ता नेताले ऐक्यबद्धता जनाउँदै  सहभागी भएका थिए। त्यस्तै नेपाल उद्योग बाणिज्य महासंधका जनकपुर अञ्चल प्रतिनिधि रामकपुर साह राजु,जलेश्वर उधोग वाणिज्य संधका अध्यक्ष कृपा शंकर साह,नेपाल विधार्थी संधका केन्द्रीय सदस्य लवराजा सिंहको समेत सहभागिता रहेको थियो। विभिन्न समुदायका करीव ७५ हजार सहभागी भएको सो मानव सांगलो महोत्तरीमा दिउँसो एक बजेबाट सुरु भएको थियो।

यो प्रर्दशन विश्वको सबैभन्दा ठूलो मानव सांलोको प्रदर्शन भएको सद्‌भावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादवले बताए।

यसअघि पाकिस्तानबाट बंगलादेश छुट्टिनलाग्दा बंगलादेशमा करिब एक हजार किलोमिटरमा मानव सांगलो प्रदर्शन गरिएको थियो।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पूर्वको झापादेखि पश्चिमको महाकालीसम्मको कूल १ हजार ५ सय ५५ किलोमिटर पर्ने  हुलाकी राजमार्गमा मानव सांगलो बनाएर प्रदर्शन गर्ने निर्णय गरेका थिए।

वि.सं.२०७२ असोज १४ बिहीवार १७:४५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...