back
NMB ad

कैलालीबाट ४२ ट्रक भित्रिए

Kumari bank ad
संविधान जारी भएदेखि नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेको भारतले बिहीबार कैलालीको त्रिनगर भन्सार नाका भएर आउने ४२ वटा मालवाहक गाडी छाडेको छ।
तीमध्ये २३ वटा तरकारी र फलफूल बोकेका गाडी हुन्। ३ वटा पेट्रोलियम पदार्थ बोकेका, एक बुलेट ग्यास तथा सिमेन्ट, मकैलगायत अन्य सामान बोकेका १९ गाडी भारतले छाडेको त्रिनगर भन्सार कार्यालय कैलालीका निमित्त प्रमुख भन्सार अधिकृत मानप्रसाद बिकले बताए।
त्रिनगर भन्सार नाकामा रोकिएका भारतबाट तरकारी बोकेर गएका गाडी नेपाली पक्षले छाड्ने शर्तमा भारतीय भन्सार अधिकारीहरुले सीमा रोकिएका मध्ये केही गाडीहरु छाडेका हुन्। भारले तरकारी, फलफूल, सिमेन्टलगायत तत्काल सड्ने सामानमात्र पठाउन थालेपछि त्यसको प्रतिवादमा नेपाली भन्सारमा तरकारी र फलफूल बोकेका गाडीहरुमा कडाई गरिएको थियो।
 भारतीयले सीमा क्षेत्रमा मालवाहक गाडी बोकेपछि त्रिनगर भन्सार कार्यालयले पनि एक दर्जन भन्दा बढी तरकारी बोकेका गाडीलाई दुई दिनदेखि भन्सार जा“चपास दिएको थिएन। नेपाली पक्षले तरकारी बोकेका गाडी छाडेपछि आफूहरु पनि सीमामा रोकिएका गाडी छाड्न तयार रहेको भारतीय पक्ष्ँबाट अनौपचारिक रुपमा जानकारी पाएपछि तरकारी बोकेका गाडीलाई छाडिएको भन्सार अधिकृत बिकले बताए।
आधारभूत र अत्यावश्यक सामान बोकेका सवारी साधनहरु रोकेर राख्ने र तरकारी, फलफूललगायत तत्काल सड्ने सामान बोकेका गाडीमात्रै भारतले छाड्न थालेपछि तरकारीमा केही कडाई गरिएको उनले बताए। ‘तरकारी र फलफूल रोक्न खोजेका हैनौं तर भारतबाट अरु सामान लिएर आएका गाडी ३/४ दिनसम्म रोक्न थालेपछि हामीले पनि तरकारीमा केही कडाई गरेका हौं।’ उनले भने।
औपचारिक रुपमा नभने पनि भारतीय भन्सार अधिकारीहरुले तरकारी छाडेपछि आफूहरु पनि गाडी छाड्न तयार रहेको भन्ने भारतीय पक्षले भनेको खबर पाएपछि दुई दिनदेखि रोकिएका तरकारी बोकेका गाडी छाडिएको उनले बताए।
सीमापारी अझै १५/१६ गाडी भारतीय पक्षले रोकेर राखेको उनले बताए। उनले भारतीय पक्षले सामान बोकेर आएको एउटा गाडीलाई २/३ दिनसम्म रोकेर राख्ने गरेको बताए। भन्सार जा“चपासका नाममा सामान बोकेका गाडी रोकेर भारतले अनावश्यक दुख दिईरहेको व्यवसायीहरुले बताएका छन्।

वि.सं.२०७२ असोज १५ शुक्रवार १२:०६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...