back
NMB ad

थाहा नगरपालिकाको माटोमा अम्लियपन बढ्यो

Kumari bank ad

रुपक कालिराज

पालुङ । थाहा नगरपालिकाको कृषि योग्य जमिनमा अम्लियपन बढ्दै गएको पाइएको छ । वर्षे्नि उत्पादनदर घट्दै जान थाले पछि हालै गरिएको माटो परिक्षणका क्रममा अम्लियपन बढेको पाइएको हो ।

खेतवारीमा वालीनालीको उव्जाउदर घट्दै गए पछि माटोको परिक्षण गरिएको हो । किसानहरुको खेतवारीको माटोपेज मात्र औषतमा ४ दशमलव ५ मात्र रहेको पाएको छ । थाहा नगरपालिकाको वडा नं. ६ अन्र्तगत रहेको अविरल कृषक समुहको आयोजनो शिविर संचालन गरी दामनका वडा नं.६ का ९० जना भन्दा वढिे कृषकको आ–आफ्नो खेतवारीको माटो परिक्षण गरिएको दामानको कृषि प्राविधिक मुधुसुदन आचायले जानकारी दिनु भएको छ । त्यस क्षेत्रका ७ दर्जन भन्दा बढिले माटो परिक्षण गर्दा माटोमा अम्लियपनाको मात्रा बढि देखिएको छ ।

त्यस क्षेत्रमा मात्रै नभई थाहा नगरपालिकाको अधिँकाँश क्षेत्रमा अम्लियपन पन देखा पर्न थालेको उहाँको भनाई छ । वलौटे माटोको सँग सगै भौगोलिक वनावाट कारण वर्षामा धेरै माटामा भएको खाद्यपदार्थ पगाएर लाने र रासायनिक मलको प्रयोग भएकाले अम्लियपन बढेको र जसले गर्दा वालीनाली उत्पादनमा कमी आएको पाइएको छ । रासायनिक मलको प्रयोग मात्रा सँगै माटोमा अम्लियपना बढ्दै जाने उहालेँ बतनाउनु भयो ।

परिक्षणका क्रममा देखिएको रिपोर्ट अनुसार माटोमा कृषि चुन प्रयोग गर्नुपर्ने भएको छ । त्यस क्षेत्रमा २ सय किलो ग्राम देखि २ सय ५० केजि किलो ग्राम प्रति रोपनी कृषि चुनको प्रयोग गर्नु पर्ने देखिएको दामानको कृषि प्राविधिक आचार्यले भन्नु भयो । उहाँका अनुसार कृषि चुनको प्रयोग र रासायनिक मलको प्रयोग नगर्ने हो भने उत्पादकत्वमा कमी आउनेछ ।

वि.सं.२०७२ मंसिर १५ मंगलवार २१:१८ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...