back
NMB ad

काँग्रेसमा सदावहार मन्त्री र केन्द्रीय सदस्यलाई बिदा गरौँ अभियान

Kumari bank ad

congressकाठमाडौ । नेपाली काँग्रेस आफ्नो १३ औँ महाधिवेशनको संघारमा छ । फागुनमा हुने महाधिवेशनका लागि आफ्ना पक्षमा महाधिवेशन प्रतिनिधि पार्न नेताहरुको दौडधूप भइरहेको छ । पार्टीमा सदावहार सभापतिका रुपमा सुशील कोइरालामा दोहोरिने चाहना छदैँछ, त्यसपछि सदावहार सभापतिका उम्मेदवार शेरबहादुर देउवा यसपटक सभापति नै हुने दाउमा छन् भने जीवनभर कोइराला परिवारको काँध थापेर हिँडे पनि प्रधानमन्त्री र सभापतिको कुर्सीमा पुग्न नसकेका उपसभापति रामचन्द्र पौडेल पनि यसपटक सभापति पदका लागि मुख मिठ्याइरहेका छन् ।
०४६ को परिवर्तनपछि आजीवन सत्तामा बसेर सुखभोगको चास्नीमा डुब्ने नेताहरुले राजधानीमा आलिशान महल ठड्याएका छन् । आफ्ना परिवारलाई राम्रो ठाउँमा पठाएका छन् । पैसा कमाएका छन् । कार्यकर्ता पनि बनाएका छन् । कोही भने काँग्रेसमा लागेबापत साह्रै दुःख खेपेर पनि बस्न बाध्य छन् । कयौँ कार्यकर्ता जनयुद्धका नाममा माओवादीबाट काँक्रो चिरिए झैँ चिरिए, मारिए । घरबार हडपिए । सडकमा पु¥याइए । ती कार्यकर्ताको पीडाको घाउमा अहिलेसम्म खाटा बस्न सकेको छैन ।

यस्तो बेला १३ औँ महाधिवेशनमा होमिएको नेपाली काँग्रेसमा ‘इमानदार र सादगी नेता जिताऔँ’ भन्दै केही नेताले नयाँ अभियान थालेका छन् । काँग्रेस पनि सुधार्ने, त्यो पनि नेतागण भन्दै हासिमजाकमा उडाउने प्रयास भए पनि अहिले ती नेताहरुले थालेको अभियान देशव्यापी बन्दैछ भने सदावहार सत्तामा रहेका केही नेताहरुको ओठतालु पनि सुक्न थालेको छ । १२ मंसिरदेखि सुशीलमान शेरचन, रेवती भूषाल, रामकृष्ण ताम्राकार, पद्मनारायण चौधरीले यो अभियान थालेका हुन् ।

उनीहरुले थालेको अभियानमा अहिले २ सय कार्यकर्ता आबद्ध छन् । जो नेपाली काँग्रेसको आगामी महाधिवेशनमा प्रतिनिधि पनि हुनेछन् । उनीहरुले थालेको अभियानअन्तर्गत मंगलबार काठमाडौँको दियालो पार्टी प्यालेसमा जनजातिका नेता कार्यकर्तासँग भेटघाट राखिएको छ । यसैगरी अभियान देशव्यापी बनाउने भन्दै पुस महिनाभर मेची महाकाली अभियानमा उनीहरु लाग्ने भएका छन् । यो अभियानमा केही नेता सधैँ काँग्रेसमा सदावहार मन्त्री र केही नेता सदावहार केन्द्रीय सदस्य रहँदा इमानदार नेता कार्यकर्ताको पालो नआएको भन्दै जेहाद छेडिने तयारी छ ।

चुनावताका पार्टीका घोषणापत्रमा उल्लेख कुरा बिर्सेर र पार्टीका नीति तथा कार्यक्रम भूलेर आफन्त र परिवारवाद भन्दै रमाउने नेताहरुलाई यसपटक पार्टीमा बिदा दिउँ भन्ने अभियानसहित सुरु भएको यो दौडधूपले धेरै नेताहरुलाई पसिना छुटाएको छ । सत्ता र शक्तिमा बसेका नेताहरुलाई महाधिवेशनबाटै लखेटौँ भन्ने मनसायका साथ सुरु भएको यो अभियानमा धेरै कार्यकर्ता समेटिने र पार्टीका त्रिवेणी, चौतारा, चौतारिया, काजी बनेर सधैँ शक्तिमा रहिरहेका नेता पहिलो निसाना बन्ने खतरा देखिएको छ ।

 

नेताहरुले थालेको यो अभियानमा समाहित हुन देशभरको कार्यकर्ताको फोन आइरहेको छ भने यस्तो अभियान चुनावका बेला नचलाइदिन पनि फोन आउने थालेको अभियन्ताहरुले बताएको समाचार सदावहार साप्ताहिकले छापेको छ ।

वि.सं.२०७२ मंसिर २८ सोमवार १६:०८ मा प्रकाशित

You can share this post!

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...