back
NMB ad

नाकाबन्दीले दोहोरो अंकको मूल्यवृद्धि

Kumari bank ad

Foodकाठमाडौं । भारतले लगाएको नाकाबन्दीका कारण मूल्यवृद्धि दुई वर्षपछि दोहोरो अंकमा पुगेको छ।

राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको आर्थिक स्थितिअनुसार कात्तिकमा मूल्यवृद्धि १०.४ प्रतिशत पुगेको छ । २०७० कात्तिकमा मूल्यवृद्धि १० प्रतिशत थियो। २०७० मा संविधानसभा निर्वाचनका कारण पैसाको आपूर्ति बढेको हुँदा मूल्यवृद्धि दोहोरो अंकमा गए पनि यसपटक भारतले लगाएको नाकाबन्दीका कारण मूल्यवृद्धि दोहोरो अंकमा पुगेको छ ।
एक महिनामा मात्र मूल्यवृद्धि २.२ प्रतिशत बढेको छ। असोजमा यस्तो वृद्धि ८.२ प्रतिशत थियो। अघिल्लो वर्ष कात्तिकमा मूल्यवृद्धि ७.२ प्रतिशत थियो । राष्ट्रबैंकका अनुसार क्षेत्रगत आधारले मूल्यवृद्धिको सबैभन्दा बढी मार काठमाडौं उपत्यकावासीले भोग्नुपरेको छ।
काठमाडौं उपत्यकाको मूल्यवृद्धि ११.८ प्रतिशत पुगेको छ । पहाडमा ११.४ र तराईमा ९.१ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्रबैंकको तथ्यांक छ। त्यस्तै हिमालमा ९.६ प्रतिशत मूल्यवृद्धि भएको छ।
अघिल्लो कात्तिकमा उपत्यकामा ७.१ तथा पहाड र तराईमा ७.२ प्रतिशत मूल्यवृद्धि थियो । राष्ट्रबैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा यसपटकको मूल्यवृद्धि मुद्राको आपूर्तिका कारण नभएकाले मौद्रिक उपकरण मार्फत नियन्त्रण गर्न नसकिने बताउँछन्।

वि.सं.२०७२ पुस २ बिहीवार ०७:४६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...