back
NMB ad

ऊर्जामा स्वाभिमानको खोजी

Kumari bank ad
pariyar
पूर्णबहादुर परियार

विनाशकारी भूकम्पले बनाएको घाउ सुक्न नपाउँदै भारतको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थको अभावको असर त सबैले भोगिरहेका छौं । पानीजहाजबाट कोलकाता हुँदै वीरगन्ज नाकाबाट नेपाल भित्रिन नसक्दा अर्बौं रुपैयाँबराबरको सामान अलपत्र पर्नु, ऊर्जामा गरिब मुलुकलाई बिरालोले मुसो खेलाएजस्तो खेलाइरहेको नमीठो यथार्थ र आक्रोशसँगै सबैको चाडबाड गुज्रियो । समस्या राजनीतिक वा आर्थिक, राष्ट्रिय वा अन्तर्राष्ट्रिय जे होस्, अनुसन्धानको विषय हुन सक्छ तर पेट्रोलियम पदार्थ, पानी र खनिजमा धनी तर राष्ट्रियतामा गरिब मुलुकका जनताले कतिसम्म सकस खेप्नुप¥यो र परिरहेको छ भन्ने अहिले चर्चा गर्नु स्वाभाविक होला ।

इराक
इराकको मुद्रालाई इराकी दिनार भनिन्छ । कुनै बेला १ दिनारबराबर ३ अमेरिकी डलर हुन्थ्यो, तर अहिलेको अवस्था कहालीलाग्दो छ । अहिले १ अमेरिकी डलरबराबर १ हजार १३८ इराकी दिनार हुन्छ । भनिन्छ, संसारभरि तेल रित्तिँदै जाने क्रममा अन्तिम ग्यालन तेल यदि कहींबाट निस्कन्छ भने त्यो मुलुक इराक हुनेछ । आज लाखौं इराकी आफ्नो देशमा भएको अथाह सम्पदा छाडेर बिदेसिनुपरेको छ । बिदेसिने पनि हाम्रो मुलुकको जस्तो नीति छैन, जो एक्लै विदेश जाओस् र छुट्टीमा घर आओस्, त्यो होइन । जो बिदेसिन चाहन्छ, चाहे जागिरका लागि होस्, चाहे उच्चशिक्षाका लागि होस्, आफ्नो परिवारलाई नै लैजानुपर्छ । एक्लै मुलुक छाड्न छुट छैन ।

भेनजुएला
तेल र ग्यासमा पहिलो र पानीमा पनि दक्षिण अमेरिकामै चौथो स्थानमा पर्ने भेनजुएला ल्याटिन अमेरिकाको धनी देश तर यो सम्पदा नै मुलुकका लागि सराप बनेको छ । व्यवस्थापनमा कुनै पनि मुलुकको सरकार र कर्मचारीतन्त्र कमजोर हुँदा आर्थिक समस्या, अपराध, भ्रष्टाचार, राजनीतिक अस्थिरताजस्ता मुलुकको अस्तित्व नै खत्तम हुने खतरा हँुदो रहेछ भन्ने ज्वलन्त उदाहरण भेनजुएला नै हो ।
हाम्रो सबैभन्दा ठूलो सम्पत्ति भनेको हाम्रा हिमाल र अनवरत रूपमा बगेका हिमनदीहरू हुन् । सम्पत्ति हुनु ठूलो कुरा होइन, त्यसको सही उपयोग र व्यवस्थापन महŒवपूर्ण कुरा हो । हातमा भएको चरालाई छोडेर झाडीमा भएका चरालाई ध्यान दिनु ठूलो गल्ती हो । हरेक गल्तीको मूल्य हुन्छ । हाम्रै नेपालीका श्रमजीवी हातहरूलाई अरबी मुलुक र दक्षिणपूर्वी राष्ट्र मलेसियाले पत्याएका छन् । सम्झनुहोस्, तिनीहरूकै पसिना पानी बनेर खेर गैरहेको छ । विदेशमा बसेर जसले जे सिक्यो, त्यो प्रयोग गर्न नेपालमा ऊर्जाको खाँचो मात्र होइन, सही वातावरणको खाँचो छ । यो तथ्यलाई गम्भीरतापूर्वक मनन गर्नु आवश्यक छ ।

ट्रेन, ट्रलीबस र केबलकार
तपाईं काठमाडौंमा माइक्रो वा मिनीबसमा यात्रा गर्दै हुनुहुन्छ । खलासीले तपाईंलाई धकेल्दै पछाडिसम्म मात्र लैजाने होइन कि काठको तखता मिलाएजस्तो, ट्रकमा भैंसी र राँगोलाई मिलाएर ल्याएजस्तो खाँदेर यात्रा गराउँछ । सुरक्षा, असभ्य भाडा विवाद र व्यवहार, समयमा गन्तव्य पुग्ने कुरै छोडौं, यस्तो अनुभूति हुन्छ कि मानिस होइन, यात्रु एक पशु हो । यो सिस्टमको अभाव मात्र होइन, विद्युतीय ऊर्जा अभावका कारण पनि हो । यदि विद्युतीय रेल हुन्थ्यो भने तपाईं कुन गन्त्व्यमा कति समयमा पुग्ने निश्चित हुन्थ्यो नै, प्रदूषण पनि घट्थ्यो । डिजेल र पेट्रोलको अभाव नाकाबन्दीले आज अप्ठ्यारो प¥यो, त्यो सबैलाई थाहा छ तर १ दिन त्यो समस्या नाकाबन्दी गर्ने मुलुकलाई पनि पर्नेछ । किनकि आफ्नो देशको मागलाई थेग्ने तेल र ग्यासको स्रोत चीन र भारत दुवैसँग छैन । यदि भए पनि उत्पादन गर्नुभन्दा आयातमै फाइदा हुन्छ । आफ्नो उत्पादन सञ्चित गरिन्छ, आयातीत कच्चा तेललाई प्रसोधन गरी आफ्नो मुलुकमा थोक तथा खुद्रा बिक्री गरिन्छ र तथा अन्य देशहरूमा निर्यात पनि गरिन्छ । भारतले मध्यपूर्व र अफ्रिकाबाट पाइपलाइनबाट कच्चा तेल ल्याई आफ्नो देशमा प्रशोधन गर्छ भने चीनले पानीजहाज (क्रुड आयल ट्यांकर) बाट कच्चा तेल ल्याएर आफ्नो मुलुकमा प्रशोधन गरी वितरण गर्छ । हालसाल

वि.सं.२०७२ पुस १३ सोमवार १९:४६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...