back
NMB ad

चन्द्रागिरिमा केबुलकार एक महिना भित्रै (भिडियो सहित)

Kumari bank ad
काठमाडौं: काठमाडौं उपत्यकावासीको काठमाडौंवरपर नै केबुलकार चढ्ने रहर अब चाँडै पूरा हुने भएको छ।
काठमाडौं फनपार्क प्रालिले चन्द्रागिरि डाँडामा पुग्नेगरी निर्माण थालेको केबुलकारको काम ९० प्रतिशत पूरा भएको छ। भ्यु टावर, मन्दिर, रिसोर्ट बनाउने काम चलिरहेको छ भने केबुलकारको केबुल तान्‍ने काममात्र बाँकी छ।
आवश्यक सम्पूर्ण सामग्री उपलब्ध भइसकेकाले माघको अन्त्यसम्ममा सबै काम सकी केबुलकार सञ्चालनमा आउने जनाइएको छ।समुद्री सतहबाट दुई हजार पाँच सय ४० मिटर उचाइमा अवस्थित चन्द्रागिरि डाँडामा पुग्न थानकोटबाट सात किलोमिटर दूरी पार गर्नुपर्छ।
थानकोटबाट केबुकारमा यात्रा गर्दा नौ मिनेटमै डाँडामा पुग्न सकिन्छ। चन्द्रागिरि डाँडाबाट काठमाडौं उपत्यकाका साथै अन्नपूर्णदेखि सगरमाथा रहेको महालंगुर हिमशृंखलासम्मको दृश्यावलोकन गर्न सकिन्छ।
मनोरम वातावरणका साथै प्रकृतिले भरिपूर्ण चन्द्रागिरि डाँडामा भलेश्वरम महादेव मन्दिर बन्दैछ।थानकोटदेखि चन्द्रागिरि डाँडासम्मको झन्डै दुई किलोमिटर केबुलकार चढेर यात्रा गर्न पाइनेछ।
https://www.youtube.com/watch?v=MliGNkNXFzY
केबुलकारको एउटा पोलदेखि अर्को पोलसम्मको दूरी नौ सय मिटर छ, जसले यात्रुलाई रोमाञ्चित बनाउने निर्माण कम्पनीको विश्वास छ। त्यहाँ रिर्सोटको आनन्द लिँदै टप स्टेसनमा पुगेपछि यात्रुले जिप फ्लायर र रक क्लाइम्बिङ गर्न सक्नेछन् भने बोटानिकल गार्डेनसमेत घुम्न पाउनेछन्।
यसैगरी त्यहाँ सिक्स डी थिएटर पनि बन्ने भएको छ। १४ जना क्षमता भएको सिक्स डी थिएटरमा यात्रुले अद्भूत गुणस्तरको तस्बिरसहित फिल्मको मज्जासमेत लिन सक्नेछन्।
मुख्यतया आन्तरिक पर्यटकका लागि लक्षित गरी यो आयोजना निर्माण गरिएको हो। चन्द्रागिरि डाँडामा अवस्थित इच्छापुरेश्वर महादेवको दर्शन गरी पृथ्वीनारायण शाहले नेपाल एकीकरण थालेको किम्बदन्ती छ। यी महादेवको दर्शन गर्नाले चिताएका कुरा पूरा हुने जनविश्वास छ।
डाँडामा सय बेडको तीन तारे सुविधासहितको रिसोर्ट पनि हुनेछ भने ब्रान्डेड सपिङ मल पनि बन्ने भएको छ, जहाँ अन्तर्राष्ट्रिय ब्रान्डका सामान उपलब्ध हुनेछन्। साथै योजनाअनुसार प्याराग्लाइडिङ, कनफ्रेन्स सेन्टर र अकासे पुल निर्माण हुनेछ। यी सबै निर्माण सक्ने भने अझै १८ महिना लाग्ने फनपार्क प्रालिले जनाएको अन्नपुर्ण पोस्टमा खबर छ।

वि.सं.२०७२ पुस २३ बिहीवार १३:२२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...