back
NMB ad

अर्थतन्त्रको शुभारम्भ

Kumari bank ad

आर्थिक विकास चलायमान नभई सम्पूर्ण क्षेत्रको चौतर्फी विकास सम्भव छैन । मुलुक आर्थिक रुपमा आत्मनिर्भर बन्न अर्थतन्त्रको विकासमा लाग्नु आवश्यक छ । निर्यातमुखी अर्थतन्त्रको विकास गर्न सके विदेशी मुद्राको आर्जनमा बढोत्तरी र राज्यको बचतमा समेत वृद्वि गर्न सकिन्छ । राज्यको बचत वृद्वि हुनु भनेको लगानीमा अवसरको सिर्जना हुनु पनि हो । फलस्वरुप बिद्युत्, बाटो, स्कुल, स्वास्थ्य, पर्यटन, प्रबिधि लगायत आवश्यकीय क्षेत्रमा लगानी बढ्नपुग्छ । मुलुकको चौतर्फि विकाससँगै राज्य सबल, समृद्ध र शक्तिवान् बन्नपुग्छ ।

भर्खरै मुलुक द्वन्द्वबाट शान्तीमा रुपान्तरित हुँदै नयाँ संबिधान प्राप्त गरी विकासको सिंढी चढ्ने जमर्को गर्दै छ । यही बेला देखिएका विघ्न बाधाहरु पन्छाउँदै आर्थिक विकासमा लम्कन खोज्दै छ । यतिबेला चौबाटोमा उभिएर हेर्दा मुलुकको अर्थतन्त्र कस्तो छ ? कुन दिशा तर्फ गईरहेको छ ? देशमा यस अघि देखिएका विद्यमान समस्या के हुन् ? र त्यसको पहिचान कसरी गर्न सकिन्छ ? यी र यस्ता सवालमा सरकारी एवं नीजि क्षेत्रलाई घचघच्याउनु जरुरी छ ।

जबसम्म आर्थिक हिसाबले मुलुक सबल, सक्षम र समुन्नत हुन सक्दैन, तबसम्म हाम्रा समस्या र चुनौतिहरु जहाँको त्यहि नै रहन्छन् । राजनीतिले एक विन्दुमा नयाँ मोड लिन खोजेको बर्तमान अवस्थामा मुलुकको समग्र आर्थिक विकासलाई अगाडि बढाउन, मुलुकलाई समुन्नत राष्ट्रको सूचिमा पु¥याउन, अर्थतन्त्र भित्र देखिएका विकृति र विसंगतिलाई चिर्न र अर्थतन्त्रलाई सबल दिशा तर्फ उन्मुख गराउन सञ्चार माध्यमको अहम् भूमिका हुन्छ । देशमा लोकतन्त्र, गणतन्त्र लगायतका राजनीतिक परिवर्तनमा सञ्चारमाध्यमले ठुलो भूमिका निर्वाह गरेको छ । जनतालाई सुसूचित गराउन र जागरुक गराउन सञ्चारमाध्यमले जुन अभियान चलायो त्यो पनि एक विन्दुमा पुगे पछि अन्यत्रै मोडिनु आवश्यक छ ।

हिजोका जंगली युग देखी हालसम्म विभिन्न दुःख, कष्ट व्यहोर्दै मुलुक सूचना र सञ्चारमा निकै फड्को मार्न पुगेको छ । यतिबेला प्रिन्ट मिडिया (मासिक, पाक्षिक, साप्ताहिक र दैनिक पत्रिकाहरु) ले जुन प्रकारको योगदान गरे र गरिरहेका छन्, ति माध्यम पनि अवका दिनमा नयाँ मोड लिन खोज्दै छन् । यतिबेला डेस्क्टप, ल्यापटप हुँदै नोट बुक र आइप्याडमा आइपुगेको छ । मानिसका हातहातमा स्मार्ट फोनहरुसंगै दु्रत गतिका इन्टरनेट साथमै पुगेको छ । यो दुनियाँ अनलाइनमा कुदिरहेको छ । प्रविधिको विकासले जुन प्रकारको गति लिएको छ मानिसको समृद्धि पनि उत्तिकै बढ्नु पर्छ ।

समयक्रम संगै अगाडी बढ्ने क्रममा समृद्ध नेपालको परिकल्पना गर्दा विकास र समृद्धि अगाडी आउँछ । विकासको गति पछ्याउन आर्थिक समृद्धि र आत्मनिर्भर अर्थतन्त्रमा जोड दिनु पर्छ । मानिसलाई सबल र सक्षम बनाउन सकारात्मक सोच विकास मुखी अवधारणाको खाँचो छ । यही अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै मुलुकको आर्थिक विकास र उन्नतिमा सहयात्रा गर्न काठमाडौँको लाजिम्पाटमा कार्यालय स्थापना गरेर डेभलपमेन्ट मिडिया प्रोमोशन प्रा.लि.ले अर्थतन्त्रडटकम अनलाइन न्युज पोर्टलको शुभारम्भ गरेको छ ।

इन्टरनेटको माध्यमबाट अनलाइन मिडिया सर्बत्र उदाउँदै गर्दा प्रिन्ट मिडियाहरु एकाध बाहेक अन्योलमा छन यतिबेला । अवको युगलाई प्रतिनिधित्व गर्न अनलाइन सञ्चारमाध्यम जवर्जस्त उदाइरहेको छ । अनलाईनहरुको भिडमा थपिएको अर्थतन्त्रडटकम आफ्नो उद्देश्य प्राप्ति गर्न सफल हुनेछ भन्ने अपेक्षा लिएका छौँ । खोजमुलक समाचार, विचार र विश्लेषण पस्कने उद्देश्य साथ भिन्न पहिचान साथ आर्थिक क्षेत्रलाई बिट बनाएर पाठक सामु उपस्थित भएका छौं । समुन्नत नेपाल निर्माणका निम्ति यस अनलाइनले मुख्यतः आर्थिक सवालमा ध्यान केन्द्रित गर्नेछ । अनलाइन दुनियामा नयाँ छौँ । भर्खर बामे सर्दै छौँ । पक्कै पनि यहाँहरुको तर्फबाट सहि सूचना, सकारात्मक टिप्पणी, विचारोत्तेजक लेख रचना र माया र सद्भाव पाउने अपेक्षा गरेका छौँ ।

[email protected]/ [email protected]

प्रकाशित मिति २०७२/ १०/ ०३

वि.सं.२०७२ माघ ३ आइतवार ११:३५ मा प्रकाशित

You can share this post!

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...