Logo

संसारकै वृद्ध नागरिकको १ सय १२ वर्षको उमेरमा निधन

माघ ५ काठमाडौँ । संसारकै सबभन्दा वृद्ध जापानी नागरिक यासुतारो कोइदेको १ सय १२ वर्षको उमेरमा निधन भएको छ । मार्च १३, १९०३ मा जन्मिएका उनी गिनिज बुक अफ वल्र्ड रेकर्डका अनुसार संसारकै बढी उमेरका जिवित व्यक्ति थिए ।

युवावयमा टेलरको काम गरेका उनले चुरोट र रक्सी सेवन नगर्नुलाई आफ्नो दीर्घ जीवनको रहस्य बताएका थिए । अगस्ट २०१५ देखि उनी सबैभन्दा वृद्ध मानिस भएका थिए । आज नागोयाको एक अस्पतालमा उनको निधन भएको हो ।

एक अध्ययनका अनुसार जापानमा सय वर्षभन्दा बढी बाँचेका मानिसको संख्या नै ६१ हजार छ । त्यसमा पनि ९० प्रतिशतजति महिला छन् ।

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com