Logo

नेपाल वायुसेवा निगमले चीनको ग्वाङझाउमा उडान थाल्ने

काठमाण्डौं । नेपाल वायुसेवा निमगले मार्चको अन्तिम अर्थात् चैतको १५ भित्र चीनको ग्वाङझाउमा उडान सुरु गर्ने भएको छ ।

ग्वाङझाउबाट यसअघि चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान गर्दै आएको भएतापनि नाकाबन्दीपछि यसले आफ्ना् उडान रोकेका थियो । यही मौकामा निगमले यो गन्तव्यमा उडान थाल्न लागेको हो।

निगमले एयरबस ३२० बाट ग्वाङझाउ उडान गर्ने भएकोछ । निगमले काठमाडौंबाट ग्वाङझाउमा हप्ताको सातै दिन उडान गर्ने तयारीसमेत गरेको छ। चीनबाट नेपाल आउने पर्यटकको संख्या बढ्दै गएपछि निगमले यो बजार सुरक्षित गर्न उडान थाल्न लागेको हो ।

चाइना साउदर्नले ६० हजार रुपैयाँमा उडान गर्दै आएकोमा निमगले ५० हजारकै हाराहारीमा उडान गर्ने तयारी गरेको छ।

माघ २१,२०७२/१२.००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com