Logo

सुन महंगियो, सातामा १३ सय रुपैयाँले बढ्यो

काठमाण्डौं । साताको अन्तिम दिन शुक्रबार आज सुनको भाउ पाँचसय रुपैयाँ महँगो भएको छ । योसँगै साताभरमा सुनको भाउ १३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलाको ५२ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो ५२ हजार रुपैयाँ तोलामा कारोबार भएको थियो ।

साताको सुरुवातमा सुनको भाउ तोलाको एकसय रुपैयाँले घटेको थियो । सोमबार सुनको भाउ स्थिर रह्यो। साताको तेस्रो दिन मंगलबार सुनको भाउ तीनसय रुपैयाँले बढ्यो। त्यसपछि सुनको भाउ लगातार उकालो लागेकोछ  ।

सुनको भाउ जस्तै चाँदीको भाउ पनि बढेको छ। विहीबार तोलामा १० रुपैयाँले बढेको चाँदीको भाउ शुक्रबार फेरि पाँच रुपैयाँले महँगो भएकोछ । महासंघका अनुसार चाँदीको भाउ तोलाको सातसय पाँच रुपैयाँमा किनबेच भइरहेको छ।

माघ २२, २०७२/११.३०

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com