back
NMB ad

नाका खुलेपनि ग्यास सहज हुन केहि दिन लाग्ने

Kumari bank ad

काठमाडौं। वीरगञ्ज नाका खुलेपछि धेरैले सोँचेका थिए अब एक हप्तामा त तेल र ग्यास पर्याप्त पाइएला। घरमा ग्यास सकिएकाहरु पनि छिट्टै ग्यास पाइने आशमा खुशी भएका थिए। तर उपभोक्ताले सोँचेजस्तो तेल र ग्यास यति छिट्टै सहज हुनेवाला छैन। भारतबाट पेट्रोल र डिजेलको आयात बढेपनि ग्यासको लोडिङ बढेको छैन। त्यसैले एक हप्तासम्म भरी ग्यासका सिलिण्डर पनि पाइनेछैन।

भारतबाट रक्सौल नाका हुँदै पेट्रोल, डिजेल तथा हवाइ इन्धनको आपूर्ति बढेपनि ग्यासको आयात भने बढ्न नसकेको एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए। संघले भरी सिलिण्डर ग्यास बेच्ने तयारी गरेपनि सरकारी निकायबाट सहयोग नपाएको उनले गुनासो गरे। हामीले जति छ अब भरी सिलिण्डर बेच्दै जाउँ भनेका थियौं, उनले भने, सरकारी निकायले हामीलाई सहयोग गरेन, अझै एक हप्ता भरी सिलिण्डर ग्यास बजारमा आउँदैन।

तत्काल सामान्य हुँदैनु
अहिले नेपालमा ५७ लाख वटा ग्यासका सिलिण्डर रित्तो रहेका छन्। यी सबैलाई केही दिनभित्रै भर्न सम्भव नहुने एलपी ग्यास उद्योग संघका अध्यक्ष घिमिरे बताउँछन्। खाली सिलिण्डर एकै पटक भर्ने हो भने ९० हजार मेट्रिक टन ग्यास चाहिन्छ, उनले भने, यो सबै एकैपटक गर्न तत्काल सम्भव छैन। भारतबाट अहिले दैनिक ११ हजारदेखि १५ हजार मेट्रिक टन ग्यास आयात भइरहेको छ। यो परिमाण सामान्य अवस्थामा मागको ५० प्रतिशत भन्दा कम हो।

भारतीय पक्षले यो साताको अन्त्यसम्ममा ग्यासको लोडिङ बढाउने आश्वासन दिएपनि त्यो कार्यान्वयन हुनेमा भने व्यवसायीले शंका गरेका छन्। यो शुक्रबारसम्ममा लोडिङ बढाउछौं भनेका छन्, तर नबढाइ कसरी विश्वास गर्न सकिन्छ , घिमिरेले भने, उनीहरुले हामीलाई मौखिक आश्वासन दिएका छन्, त्यो कार्यान्वयन हुन्छ, हुँदैन हेर्न बाँकी छ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले पनि एक साताको लोडिङ नहेरी केही भन्न नसकिने बताए। आइओसीसँग मेरो मंगलबार पनि दुई पटक कुरा भएको थियो, उनीहरुले माग अनुसार बढाउने कुरा त गरेका छन् तैपनि एक साताको लोडिङ नहेरी केही भन्न सकिन्न, घिमिरेले भने। भारतीय आयल निगम आइओसीले बुधबारबाट ग्यासको लोडिङ बढाउने आश्वासन दिएको उनले बताए।

भारतको बरौनी, हल्दिया, मथुरालगायतका स्थानमा रहेका रिफाइनरीबाट नेपालमा ग्यास लोडिङ हुने गरेको छ। वीरगञ्ज नाका ठप्प हुँदा भारतबाट आयात कम भएको थियो भने भारतीय पक्षले लोडिङ पनि कटौती गरेको छ।

गत शुक्रबारबाट वीरगञ्ज नाका खुलेसँगै पेट्रोल र डिजेलको आयात बढिसकेको छ। मंगलबारमात्रै यो नाकाबाट ८१ वटा ट्यांकरमा १३ सय १० किलोलिटर इन्धन भित्रिएको थियो।
२०७२ माघ २७

वि.सं.२०७२ माघ २७ बुधवार १७:१९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...